जसपाभित्रको राजनीति

'पार्टी फोडुवालाई पार्टीभित्र राख्दैनौ, उपेन्द्र यादवलाई कारवाही हुन्छ' : नेता महतो 

संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।

२०७८ बैशाख २८ मंगलबार
बिहान ०९:३५ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई पार्टी फोडने प्रयास गरेको भन्दै अनुशासनको तहत कारवाही गरी निस्कासन गर्ने बताएका छन् । 

उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेका बताउँदै नेता महतोले आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने बताएका छन् । 

‘६ वटा दल मिलाएर राजपा बनाइएको थिएँ । त्यसमा समाजवादी पार्टी छुटेको थियो । वैकल्पिक सरकार निर्माणका लागि राजपा र समाजवादी पार्टीलाई रातारात एक गराएका थियौं,’ उनी भन्छन्, ‘कसैले पार्टी विभाजन गर्न खोज्छ भने मेरो ताकत रहेसम्म म त्यसको सपना पूरा हुन दिँदैन ।’

आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ । ‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दैहुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो ? यो पार्टी निर्णय विपरीत छ । पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन,’ उनले भने ।

उपेन्द्र यादवलाई पार्टीबाट निस्काशनसमेत हुने महतो बताए । उनले भने ‘पार्टी फोडुवालाई हामी पार्टीभित्र राख्दैनौं । यसका लागि हामीले पार्टी एकता थोडै गरेको हो ?,’

महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनेछन् । त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उनको दाबी छ । 

संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।


रातोपाटीको सहयोगमा

  • 8%
  • 15%
  • 8%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७८ बैशाख २८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus