जनकपुर प्रादेशिक अस्पतालमाथप एक जनाको कोरोनाबाट मृत्यू
शनिबार र आईतबार मात्र जनकपुरमा ३ जनाको कोरोनाबाट मृत्यू भएको थियो । आईतबार थप एक जनाको मृत्यू भएको हो । प्रदेश २ को अन्य जिल्लाहरुमध्ये धनुषा जिल्ला अहिले रेडजोनमा देखिएको छ ।

२०७८ बैशाख २७ सोमबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप एक जना पुरुषको कोरोना सँक्रमणबाट मृत्यू भएको छ ।
कोरोना सँक्रमणबाट अवस्था जटिल भएको महोत्तरी जिल्ला निवासी अन्दाजी बर्ष ५० को पुरुष जनकपुरको काब्या हस्पिटलमा उपचार गराइरहेका थिए । त्यहाँबाट प्रादेशिक अस्तपताल ल्याउँदा मृत्यू भएको बताइएको छ ।
उनको आईतबार दिउँसो करिब ४ बजेको समयमा उनको मृत्यू भएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए । उनका अनुसार, काब्याबाट आउने वित्तिकै उनको मृत्यू भएको थियो ।
स्वासप्रश्वासमा समस्या भएपछि उनलाई जनकपुरको काब्या हस्पिटलमा भर्ना गरिएको थियो । भेन्टिलेटरको अभाव भएपछि प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा ल्याउँदा ल्याउँदै उनको मृत्यू भएको बताइएको छ ।
शनिबार र आईतबार मात्र जनकपुरमा ३ जनाको कोरोनाबाट मृत्यू भएको थियो । आईतबार थप एक जनाको मृत्यू भएको हो । प्रदेश २ को अन्य जिल्लाहरुमध्ये धनुषा जिल्ला अहिले रेडजोनमा देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…