कोरोनाबाट जनकपुरको प्रादेशिक अस्पतालमा एक महिलासहित तीन जनाको मृत्यू !
अहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

२०७८ बैशाख २६ आइतबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को असथायी राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालमा तीन कोरोना सँक्रमितको मृत्यू भएको छ ।
तीनै जनाको शनिबार राती नै उपचारको क्रममा मृत्यू भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार मृत्यू हुनेमा एक महिला र दुई पुरुष छन् ।
मृत्यू हुनेमा जनकपुरकै एक ६५ बर्षिय पुरुष र एक ४२ बर्षिय महिला रहेकी छन् । अर्का वीरगँजका एक ४५ बर्षिय पुरुष रहेको जनाइएको छ ।
अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा समस्या रहेको थियो । ४२ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको डा. पाण्डेले बताए ।
अहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट अनुसार प्रदेश नम्बर २ को ८ वटै जिल्लामध्ये सबभन्दा बढी सँक्रमित पनि धनुषा जिल्लाबाट देखिएको छ । पछिल्लो २४ घण्टामा धनुषा जिल्लामा कुल ११६ जना सँक्रमित थपिएका छन् ।
यसअघि सबभन्दा बढी सँक्रमित प्रदेश २ को पर्सा जिल्लाबाट रहँदै आएकोमा अहिले धनुषा जिल्ला प्रदेशकै अन्य जिल्लाभन्दा बढी सँक्रमित सँख्या थपिनेको सूचिमा परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…