कोरोनाबाट जनकपुरको प्रादेशिक अस्पतालमा एक महिलासहित तीन जनाको मृत्यू !

अहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

२०७८ बैशाख २६ आइतबार
बेलुकी ७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को असथायी राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालमा तीन कोरोना सँक्रमितको मृत्यू भएको छ । 

तीनै जनाको शनिबार राती नै उपचारको क्रममा मृत्यू भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार मृत्यू हुनेमा एक महिला र दुई पुरुष छन् । 

मृत्यू हुनेमा जनकपुरकै एक ६५ बर्षिय पुरुष र एक ४२ बर्षिय महिला रहेकी छन् । अर्का वीरगँजका एक ४५ बर्षिय पुरुष रहेको जनाइएको छ । 

अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा समस्या रहेको थियो । ४२ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको डा. पाण्डेले बताए ।

अहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट अनुसार प्रदेश नम्बर २ को ८ वटै जिल्लामध्ये सबभन्दा बढी सँक्रमित पनि धनुषा जिल्लाबाट देखिएको छ । पछिल्लो २४ घण्टामा धनुषा जिल्लामा कुल ११६ जना सँक्रमित थपिएका छन् । 

यसअघि सबभन्दा बढी सँक्रमित प्रदेश २ को पर्सा जिल्लाबाट रहँदै आएकोमा अहिले धनुषा जिल्ला प्रदेशकै अन्य जिल्लाभन्दा बढी सँक्रमित सँख्या थपिनेको सूचिमा परेको छ । 

  • 0%
  • 0%
  • 13%
  • 0%
  • 75%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ बैशाख २६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus