प्रदेश २ को विभिन्न जिल्लाबाट ७०० अक्सिजन सिडिलण्डर प्रहरीले गरे बरामद 

वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ ।

२०७८ बैशाख २६ आइतबार
बेलुकी ५:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट प्रहरीले ७०० अक्सिजन सिलिण्डर बरामद गरेको छ । 

विश्वका विभिन्न मुलुकहरुमा नयाँ भेरियन्टको कोरोना भाईरसको दोस्रो चरणको संक्रमणको कारण विश्व लगायत नेपालमा समेत महामारी चरम रुप लिईरहेको विषम परिस्थितिमा अन्य प्रयोजनको लागि राखिएको अक्सिजन सिलिण्डर बरामद गरेको हो । 

कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागी राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थामा पनि स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले राखिएको ७०० अक्सिजन सिलिण्डर बरामद गरेको हो ।

प्रदेश नम्बर २ को प्रदेश प्रहरीका अनुसार,  प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन सिलिण्डर नेपाल प्रहरीको सक्रियतामा भरीएको सिलिण्डर–१३२ वटा र खाली सिलिण्डर–५६८ वटा गरी कुल जम्मा सिलिण्डर–७०० वटा अक्सिजन सिलिन्डर बरामद गरीएको हो । 

नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्ट्रीब्यूटरमा बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारवाही भईरहेको र स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको व्यक्ति तथा समबन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 

वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ । “यसरी जथाभावी तवरबाट स्टक गरी प्रहरी कारवाहीमा फेला परेमा सम्वन्धित व्यक्ति वा निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारवाही भई जाने व्यहोरा समेत यसै बिज्ञप्ति मार्फत सुचित गरिन्छ ।”– प्रदेश प्रहरीले भनेको छ । 

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ बैशाख २६ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus