शिक्षालाई राजनीतिमुक्त गर्छु : मुख्यमन्त्री राउत
कुलदिप दास || जनकपुरधाम, २० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् । प्याबसन प्रदेश नम्बर २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको द

२०७४ फागुन २० आइतबार, बेलुकी ६:३३ बजे२ मिनेट पढाइ

कुलदिप दास ||
जनकपुरधाम, २० फागुन ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् ।
प्याबसन प्रदेश नम्बर २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको दोहोर्याए ।
सामुदायिक विद्यालय सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलो बनेको बताउँदै उनले यसको अन्त्य गर्ने नीतिको आवश्यक्ता औंल्याए ।
योग्य र सक्षम शिक्षक भएपनि सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बन्न नसकेको गुनासो उनले गरे ।
शिक्षकहरु पार्टीको पछि लागेकोले सामुदायिक विद्यालयमा पठनपाठनको स्तर खस्किदै गएको उनले बताए ।
योग्य शिक्षकहरु पनि पठनपाठनमा ध्यान नदिएकोले शिक्षा क्षेत्र भद्रगोल अवस्थामा पुगेको मुख्यमन्त्री राउतको धारणा थियो ।
सामुदायिकको तुलनामा नीजि विद्यालयको शिक्षा स्तरीय रहेको उहाँले प्रशंसा गरे ।
मुख्यमन्त्री राउतले शिक्षा क्षेत्रमा माफियाको वर्चश्व बढ्न नदिन वर्षैपिच्छे भइरहेको पाठ्यक्रम परिवर्तन रोक्नुपर्ने धारणा राखे ।
आउँदो दिनमा राजनीतिक कार्यक्रममा विद्यालयको प्रयोग हुन नदिनको लागि आवश्यक कदम चालिने उनले प्रतिबद्धता जाहेर गरे ।
विद्यालयलाई हड्ताल र बन्द मुक्त क्षेत्र बनाउन सबैको सामूहिक प्रतिबद्धताको आवश्यक्ता उनले औंल्याए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रदेश शिक्षित भए आपैm विकसित हुने धारणा राखे ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश नम्बर २ को शिक्षाको अवस्थालाई कहालिलाग्दो बताउनुभयो ।शिक्षा क्षेत्रमा सुधारको लागि सबैको सहयोगको आवश्यक्ता उनले औंल्याए ।
विद्यालयको अवस्था बुझेर प्रदेश सरकारले रचनात्मक सहयोग गर्न तयार रहेको उनले बताए ।
शिक्षा क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उनले बताए ।
कार्यक्रममा प्यावसनका केन्द्रिय महासचिव राजेन्द्र वानियाले मधेश आन्दोलनको तीन वटा श्रृंखंलाले मुलुकमा संघियता दिलाएको बताए ।
उहांले राजनीतिक वहानामा विद्यालयलाई बन्द गर्नबाट रोकन प्रदेश सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।
प्याबसन प्रदेश नम्बर २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा भएको उद्घाटन सत्र कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, आर्थिक मामिला तथा विकास राज्यमन्त्री उषा यादव, प्याबसनका केन्द्रिय र प्रदेशका पदाधिकारीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शहिद वीरेन्द्र विच्छाकी श्रीमती शिल्पी विच्छालाई पाँच हजार एक सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्याबसनले प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत सहित आर्थिक मामिला तथा विकास मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्रीद्धय सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव र उषा यादवलाई दोसल्लो ओढाएर सम्मान गरिएको थियो ।
यो समाचारलाई साथीसँग शेयर अवश्य गर्नुहोस । धन्यवाद
न्यूज ब्यूरो टिम

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…