बर्षा भएपछि हिलाम्य धनुषाको धनौजी 

उनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे । 

२०७८ बैशाख २५ शनिबार
दिउसो ४:३३ बजे
मुकेश कुमार पण्डित

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको चरम लापरवाहीको कारण समान्य बर्षामा पनि हिलाम्य भएको छ । 

स्थानीय जनप्रतिनीधिहरुको बीचको विवादका कारण सुरुदेखि नै विवादै विवादमा फँसेको धनौजी गाउँपालिकामा समान्य बर्षा भएपछि अहिले हिलाम्य भएको छ । लगातर दुई दिनसम्म बर्षा भएपछि गाउँपालिकाको विभिन्न स्थानमा हिलाम्य भएको हो । 

गाउँपालिकाका अध्यक्ष बद्री सिँह र केही वडाध्यक्षहरुबीचको जुहारीका कारण विकास निर्माणका कार्य प्रभावित हुनुका साथै अन्य कार्यक्रमहरु समेत ठप्प भएको छ । विभिन्न समयमा कर्मचारी जनप्रतिनीधिहरुबीचको विवादले पनि विकास निर्माणका कार्यहरु ठप्प भएको छ । 

बर्षाका कारण धनौजीको मुख्य ठाउँ मानिने धनौजी बजार स्थित रहेको गाउँपालिकाको कार्यालय अगाडी नै आम नाारिकलाई हिलडुल गर्न असहज भएको स्थानीय रबि भगतले बताए । उनका अनुसार, साधारण पानी परेपछि नागरिकलाई असहजता भएपछि अहिले बर्षाको मौसम आउन बाँकी रहेकोले हालात अनुमान लगाउन सकिने बताए । 

स्थानीय ओम प्रकाश साहका अनुसार, साधारण पानी परेपछि जताततै हिलो भएपछि घरबाट निक्सन पनि गाह्रो भएको बताए । उनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

  • २०७८ बैशाख २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया

पूरा पढ्नुहोस्

Bureau Menus

} }