बर्षा भएपछि हिलाम्य धनुषाको धनौजी
उनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे ।
२०७८ बैशाख २५ शनिबार, दिउँसो ४:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको चरम लापरवाहीको कारण समान्य बर्षामा पनि हिलाम्य भएको छ ।
स्थानीय जनप्रतिनीधिहरुको बीचको विवादका कारण सुरुदेखि नै विवादै विवादमा फँसेको धनौजी गाउँपालिकामा समान्य बर्षा भएपछि अहिले हिलाम्य भएको छ । लगातर दुई दिनसम्म बर्षा भएपछि गाउँपालिकाको विभिन्न स्थानमा हिलाम्य भएको हो ।
गाउँपालिकाका अध्यक्ष बद्री सिँह र केही वडाध्यक्षहरुबीचको जुहारीका कारण विकास निर्माणका कार्य प्रभावित हुनुका साथै अन्य कार्यक्रमहरु समेत ठप्प भएको छ । विभिन्न समयमा कर्मचारी जनप्रतिनीधिहरुबीचको विवादले पनि विकास निर्माणका कार्यहरु ठप्प भएको छ ।
बर्षाका कारण धनौजीको मुख्य ठाउँ मानिने धनौजी बजार स्थित रहेको गाउँपालिकाको कार्यालय अगाडी नै आम नाारिकलाई हिलडुल गर्न असहज भएको स्थानीय रबि भगतले बताए । उनका अनुसार, साधारण पानी परेपछि नागरिकलाई असहजता भएपछि अहिले बर्षाको मौसम आउन बाँकी रहेकोले हालात अनुमान लगाउन सकिने बताए ।
स्थानीय ओम प्रकाश साहका अनुसार, साधारण पानी परेपछि जताततै हिलो भएपछि घरबाट निक्सन पनि गाह्रो भएको बताए । उनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश कुमार पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…