महामारी नियन्त्रण तथा व्यवस्थापन समितिद्धारा सुरक्षा समाग्री वितरण
भनिषा भन्छिन, ‘ग्रामिण क्षेत्रमा अझै मास्क र सेन्टिाइजर प्रयोगमा देखिएन, सावुन पानीले समेत हात पटक पटक धुने क्रम सवै तिर छैन ।’

२०७८ बैशाख २३ बिहीबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युवाहरुको समूह महामारी नियन्त्रण तथा व्यवस्थापन समितिद्धारा जनकपुरको बेँगाशिवपुरमा सुरक्षा समाग्री वितरण गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहर चलेसंगै सुरक्षा सर्तकताका लागि पुनः लकडाउन जारी रहेको बेला समितिका पदाधिकारी युवाहरुले सुरक्षा समाग्री वितरण गरेको हो ।
लकडाउन गरिएपनि ग्रामिन भेगमा स्थानियले मास्क र सेनिटाइजर प्रयोग गर्न नसकिरहेको अवस्थामा युवाहरु त्यसमा समेत पहलकदमी लिएका छन् ।
पेन्डेमिक कन्ट्रोल एण्ड म्यानेजमेन्ट कमिटिमा आवद्व युवाहरु जनकपुरधामको बेंगा शिवपुरमा करिव ६० घर परिवारलाई सुरक्षा समाग्री वितरण गरेका हुन ।
१३ सदस्सीय कमिटिका सक्रिय युवा अगुवाहरु मनिषा साह र वसन्त साहको सक्रियतामा सो अनि अझै वार्ड मा गाउँ मा कार्य गर्न बाँकी नै वडामा ६० भन्दा बढी परिवारलाई मास्क, सेनिटाइजर, सावुन र सेनेटरी प्याड सहितका समाग्री वितरण गरिएको मनिषा साहले बताईन् ।
भनिषा भन्छिन, ‘ग्रामिण क्षेत्रमा अझै मास्क र सेन्टिाइजर प्रयोगमा देखिएन, सावुन पानीले समेत हात पटक पटक धुने क्रम सवै तिर छैन ।’
उनले जानकारी रहेपनि अभावले समेत प्रयोगमा निरन्तरता दिन नपाएको हुन सक्ने बताइन । यता, कमिटि आवद्व युवाहरुलाई विभिन्न समुहमा विभाजन गरि यस्ता गतिविधी सजगताका साथ गरिने कमिटिका सलामत राईनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…