न्यूज ब्यूरो प्रभावः सिरहाका एसपी भण्डारी प्रहरी हेडक्वाटर तानिए !
भण्डारी सिरहामै बस्नको लागि डेलिगेशन बुझाएको बुझिएको छ । उनलाई हेडक्वाटरले फिर्ता बोलाएको पुष्टि डिजाईजी सिँहले गरेका छन् ।

२०७८ बैशाख २३ बिहीबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका एसपी सुदीपराज भण्डारी प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख सुदीप राजभण्डारीको कार्य सम्पादन नराम्रो रहेको भन्दै उनलाई प्रहरी हेडक्वाटर तानिएको प्रदेश नम्बर २ का डिआईजी धीरज प्रतापसिँहले जानकारी दिए ।
जिल्लामा सुरक्षा सतर्कता सहित प्रहरीको अवैद्य असुली सम्बन्धी समाचार निरन्तर सँचारमाध्यमहरुमा आएपछि उनलाई प्रहरी हेडक्वाटरले उनलाई तानेको हो । प्रहरीको प्रधान कार्यालयले एसपी राजभण्डारीलाई तीन महिनामै फिर्ता बोलाउने निर्णय गरेको हो ।
आईजीपी शैलेश थापा क्षेत्री आफैलेले हिजो (मंगलबार) उक्त काज सरुवाको निर्णय गरेको बताइएको छ । तीन महिना सिराहाको प्रमुख हुँदा राजभण्डारी विभिन्न विवादमा तानिएको र कार्यक्षमतामा पनि कमजोर देखिएपछि उनलाई फिर्ता गरिएको हो ।
न्यूज ब्यूरोले निरन्तर प्रहरीको असुली, यौनधन्दालाई सँरक्षण, तस्करहरुसँगको सेटिँगको बारेमा समाचार प्रकाशित गरेको थियो । उनको कार्यक्षमता माथि प्रश्न उठेपछि उनलाई प्रहरीको हेडक्वाटरले फिर्ता बोलाउने निर्णय गरेको हो ।
गोप्य स्रोतका अनुसार, एसपी भण्डारीलाई हेडक्वाटरले तानेपनि अहिले भने फिर्ता गएका छैनन् । भण्डारी सिरहामै बस्नको लागि डेलिगेशन बुझाएको बुझिएको छ । उनलाई हेडक्वाटरले फिर्ता बोलाएको पुष्टि डिजाईजी सिँहले गरेका छन् ।
प्रहरी हेडक्वार्टरले एसपी राजभण्डारीको स्थानमा प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत एसपी हिराबहादुर पाण्डेलाई पठाएको छ भने सिराहाबाट तानिएका एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भएको छ ।
सिरहाको गोलबजार सहित विभिन्न स्थानमा यौनधन्दा फस्टाएको तथा प्रहरीले नै सँरक्षण पनि दिएको आरोप लाग्दै आएको छ । यसअघि एसपी बसेका उमाँ शँकर पँजीयारको कार्य सम्पादन सँतोषजनक रहेपनि सुदीपराज भण्डारी आएको तीन महिनामा विभिन्न घटनाहरु निरन्तर भएपछि उनलाई हेडक्वाटर बोलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…