राजनीतिक बदला

मन्त्री प्रभू साहकी पत्नी सहित २ मेयर र ५ उपमेयर पार्टीबाट निस्काषित 

गएको चैत ३० गतेको प्रदेश सभा बैठकले चारै सांसदलाई पदमुक्त गरेको थियो । उनीहरु पनि माओवादीबाट एमालेतिर लागेका थिए ।

२०७८ बैशाख १५ बुधबार
रति ९:०९ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, काठमान्डौं । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।

पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ । 

यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पेटलले बताए । 

स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको उनको भनाइ छ ।

‘पार्टीको विधानविपरीत काम गरेकाले उहाँहरुसित स्पष्टीकरण सोध्ने काम भयो,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो ।’ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

वैशाख १० मा उनीहरुसित स्पष्टीकरण सोधिएको थियो । तर चितबुझ्दो जवाफ नआएकाले पार्टीबाट निष्कासन गरिएको सचिव पटेलले जनाए । २०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकीकरणपछि नेकपा पार्टी बनेको थियो । 

एकीकरणको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरेपछि एमाले र माओवादी साविककै पार्टी कायम हुन पुग्यो । त्यसपछि माओवादीबाट निर्वाचित भएकाहरु एमालेमा प्रवेश गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा स्वतस् पदमुक्त हुने कानुनी व्यवस्था छ ।

मेयर र उपमेयरहरुको दल त्याग सम्बन्धी पत्र नेकपा (माओवादी केन्द्र) ले वैशाख १४ गते निर्वाचन आयोगलाई पठाइसकेको सचिव पटेलले बताए । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दलत्याग गर्न नहुने भनिएको छ ।

 यसअघि माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई कारबाही गर्दै निष्कासित गरेको थियो । गएको चैत ३० गतेको प्रदेश सभा बैठकले चारै सांसदलाई पदमुक्त गरेको थियो । उनीहरु पनि माओवादीबाट एमालेतिर लागेका थिए ।

 रौतहट क्षेत्र नम्बर ३ बाट तत्कालीन माओवादी केन्द्रबाट सांसदमा निर्वाचित प्रभु साह एमालेतिर लागेपछि पदमुक्त भएका छन् । मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी उनकै पत्नी हुन् । उनी पनि माओवादीबाट निष्कासनमा परेकी छन् ।

कटहरियाका मेयर सियारामले माओवादी केन्द्रले स्पष्टीकरण सोधेर कारबाही गर्दैमा वा दलत्याग गर्दैमा स्थानीय तहका जनप्रतिनिधिको पद जाने व्यवस्था नेपालको संविधानमा नरहेको जिकिर गरे । ‘मविरुद्ध रचिएका हरेक षड्यन्त्रको डटेर सामना गर्छु,’ उनले भने,‘केही सीप लागेन भने वा अटेर गरे कानुनी उपचार खोज्छु ।’


यो समाचार कान्तिपुर दैनिकको अनलाइन सँस्करणमा प्रकाशित छ । 

  • 0%
  • 17%
  • 0%
  • 33%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ बैशाख १५ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }