मधेस मिथिलामा 'होली' भोली
न्यूज ब्यूरो || जनकपुरधाम, १८ फागुन । तिथि घटबढका कारण मधेस मिथिलामा होली पर्व भोली शनिबार मनाइने भएको छ । नेपाल पञ्चाँग विभाग अनुसार होलीको लागि तिथि आजै परेपनि मधेस मिथिलामा १५ दिने माध्यमिकी परिक्रमाका कारण होली भोली मनाउने भएको छ । प्रत्येक वर्ष १५ दिने माध्यमिकी परिक्रमा होलीको एक दिन पूर्व जनक

२०७४ फागुन १८ शुक्रबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १८ फागुन । तिथि घटबढका कारण मधेस मिथिलामा होली पर्व भोली शनिबार मनाइने भएको छ ।
नेपाल पञ्चाँग विभाग अनुसार होलीको लागि तिथि आजै परेपनि मधेस मिथिलामा १५ दिने माध्यमिकी परिक्रमाका कारण होली भोली मनाउने भएको छ ।
प्रत्येक वर्ष १५ दिने माध्यमिकी परिक्रमा होलीको एक दिन पूर्व जनकपुरमा अन्तरगृह परिक्रमा गरेपछि भोलीपल्ट होली मनाउने प्रचलन छ ।
यस अनुसार आज विहान मिथिला माध्यमिकी परिक्रमा जनकपुरमा पँचकोशी अन्तरगृह परिक्रमा गरेकोले होली भोली मात्र मनाउने भएको हो ।
गएराती होलीका दहन विभिन्न ठाउँमा गरिएको छ भने कतिपय ठाउँमा होलीका दहन आज राती गर्नेछन् ।
होलीका दहन गएराती गरिएपनि होली भने भोली मात्र मनाउने छन् । यसपालीको होली ३ दिन मनाइने भएको छ ।
हिजो विहिबार काठमान्डौँ उपत्यका सहित पहाडी जिल्लाहरुमा होली पर्व मनाइएको छ भने कतिपय ठाउँमा आज मनाउनेछन् भने बाँकी ठाउँमा भोली मात्र होली मनाउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…