सिरहामा एक युवकको मृत्यूपछि कोरोना पुष्टि
कोरोना समुदाय स्तरमा पुगेपनि सिरहाका बोर्डिँग स्कूल र नीजि कलेजहरु भने अझै बन्द गरिएको छैनन् ।

२०७८ बैशाख १३ सोमबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक युवकको मृत्यू भएपछि कोरोना पुष्टि भएको जनाइएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ बस्ने एक ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोल बजार स्थित रहेको भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
धरान जाने क्रममा बाटोमै मृत्यु भएका युवकको धरानमै स्वाब लिएर परीक्षण गर्दा वैशाख ७ गते पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवले जानकारी दिए ।
योसँगै कोरोना संक्रमण पुष्टि भएर सिरहामा मृत्यु हुनेको संख्या २६ पुगेको छ । कोरोना समुदाय स्तरमा पुगेपनि सिरहाका बोर्डिँग स्कूल र नीजि कलेजहरु भने अझै बन्द गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…