सँचारकर्मी यादवलाई ठेकेदार ठाकुरको धम्की
“ठेकेदारको दादागीरी कारण औरही नगरपालिकाको हाटबजार बन्द हुने अवस्थामा” शिर्षकमा समाचार बनाएर लेखिएको भन्दै ठेकेदार ठाकुरले समातेर धुलाई गर्ने धम्की फोनमै दिएका छन् ।

२०७८ बैशाख १२ आइतबार, दिउँसो ३:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाचारको विषय लाई लिएर महोत्तरीका सँचारकर्मी धर्वेन्द्र कुमार यादवलाई स्थानीय ठेक्केदार नथुनी ठाकुरले फोनमार्फत धम्की दिएका छन् ।
पत्रकार यादवले ठेक्केदारले दिएको धक्की अडियो सामाजिक संचालमा सार्वजनिक गरेका छन् । स्थानीय व्यपारीहरुका अनुसार हप्तामा दुई दिन मंगलबार र शुक्रबार लाग्ने हाटबजारमा नियम विपरीत रकम असुल गर्दै आईरहेको व्यापारीहरुले गुनासो गरेका छन् ।
“ठेकेदारको दादागीरी कारण औरही नगरपालिकाको हाटबजार बन्द हुने अवस्थामा” शिर्षकमा समाचार बनाएर लेखिएको भन्दै ठेकेदार ठाकुरले समातेर धुलाई गर्ने धम्की फोनमै दिएका छन् ।
औरही नगरपालिका वडा नम्वर १ मा लागने औरही हाँटमा व्यापारीहरुलाई ठेक्केदारको दादागीरीका कारण बजार लगाउन आउने व्यापारीहरु सँग मनोमानी तरिकाले रसिद काटेर रकम उठाउने गरेको रहस्य खुलेको समाचार उनले लेखेका थिए ।
श्री प्रसाद सिंह माबि बिधालयले सार्वजनिक गरिएको दररेट अनुसार प्रति सानो कपडा पसलको २५ रुपैयाँ र ठूलो कपडा पसलको ५० रुपैयाँ दररेट तोकिएकोमा ठेक्केदारले आफ्नो अनुसार दररेट कायमगरी सानो कपडा पसलको ५० रुपैयाँ र ठूलो कपडा पसलको १०० रुपैयाँको रदले रकम (बट्टी) उठाउँदै आईरहेको थियो । सोही विषयमा शुक्रबार व्यापारी र ठेक्केदारबीच विवाद उत्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…