भेन्टिलेटर नपाउँदा सर्लाहीमा थप एक कोरोना सँक्रमितको मृत्यू
सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्ट्रि भई मृत्यू भएपछि स्थानियवासी त्रसित बनेका छन ।

२०७८ बैशाख १२ आइतबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा कोरोनाको संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका वडा –५ बिर्ता टोल बस्ने बिन्देश्वर रायका छोरा वर्ष ३२ को ईन्द्रजित राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गत शुक्रवार बिरामी परेर उपचारका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याएको रायलाई शनिवार स्वास प्रश्वासको समस्या देखिएको र सो अस्पतालमा भेन्टिलेटरको व्यवस्था नभएकोले थप उपचारको लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचारका क्रममा परिक्षण गर्दा रायमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको मृतक शव व्यवस्थापन टिम सहितको टोलिले शनिवार रामनगर गापा–५ बिर्ता टोल स्थित कुलोको छेउमा अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।
यसअघि केहीदिन पहिले सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ३ का ४२ वर्षीय नरेन्द्र कुमार मालीको पनि बिरामी परेर बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा मृत्यु भएको थियो ।
सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्ट्रि भई मृत्यू भएपछि स्थानियवासी त्रसित बनेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…