जनकपुर पब्लिक स्कुलमा आगलागी हुँदा लाखौंको क्षति
जनकपुरधाम उप महानगरपालिकाबाट गएको बारुण यन्त्र , प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन ।

२०७८ बैशाख १२ आइतबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम स्थित रहेको एक बोर्डिँग स्कूलमा शनिबार बेलुकी आगलगी हुँदा लाखौ मूल्य बराबरको भौतिक समाग्रीहरु जलेर नष्ट भएको छ ।
जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ४ विश्वकर्माचोक स्थित रहेको जनकपुर पब्लिक स्कुलमा शनिबार बेलुकी करिब ९ बजेको समयमा आगलागी हुँदा करिब २० लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको जनाइएको छ ।
आगलागीमा परि बिद्यालयका सबै डकुमेन्ट ,लैपटप कमप्युटर ,स्कुल ड्रेस ,टाइ ,बेल्ट ,सि सि कैमरा सिस्टम ,फर्निचर ,दराज लगायतका भौतिक समाग्रीहरु जलेर खरानी भएको बताइएको छ ।
समाजिक कुत्त्व नकारात्मक व्यक्तिले ईष्र्या दोषको कारण रातीको समयमा एकाउन्ट सेक्सन रुममा आगो लगाइ भागेको आरोप विद्यालय विद्यालयका प्रिन्सीपल ई. बसन्तराज साहको छ ।
सम्बन्धित निकाय, स्थानीय प्रशासनलाई अनुसंधान गरि सत्यतथ्य बाहिर ल्याई दोषीलाई कडा भन्द कार्वाही गर्न स्कुलका प्रिन्सिपल साहले माग गरे ।
जनकपुरधाम उप महानगरपालिकाबाट गएको बारुण यन्त्र , प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…