धनुषामा बनेको ५ महिनामै स्कूलको भवनमा चिरा
विद्यालयमा पढन जाने सयौं बालबालिकाहरुसँग कुनै प्रकारको दुर्घटनाको जोखिम लिन नसकिने बताउँदै एक स्थानीयले सो भवन मजबुत बलियो नबनाए आन्दोलित हुने पनि चेतावनी दिएको छ ।

२०७८ बैशाख ११ शनिबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक समुदायिक विद्यालयको भवन निर्माण भएको ५ महिना पनि नबित्दै भवनमा चिरा पर्न थालेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ स्थित निर्माण भएको राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणको क्रममा कमसल समाग्री प्रयोगले केही दिनमै चिरा पर्न थालेको स्थानीयहरुको आरोप छ ।
करिब डेढ वर्ष अगाडि उक्त विद्यालयको भवन सडक निर्माणका क्रममा भत्काइएपछि थालिएको पुनः निर्माण सम्पन्न भएपनि केही दिनमै भवनमा चिरा पर्न थालेको हो ।
विद्यालयको भवन निर्माणमा कमिशन खान बचाउनै उदेश्यले नगरपालिकाका कर्मचारीदेखि लिएर जनप्रतिनीधिहरुको समेत मिलोमत्तोमा विद्यालयको भवन निर्माणमा कमसल समाग्री प्रयोग गरिएको आरोप छ ।

उदघाटन समेत नभएको विद्यालयको भवनको अवस्था पुरानै र जीर्ण किसीमको देखिन थालेको हो । पठन पाठन विग्रिन लागेको गुनासो अभिभावकले गरेपछि नगरपालिकाले नयाँ भवन निर्माणका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेका थियो।
सो रकममध्ये ४० लाखको एउटा र ३५ लाखको अर्को उपभोक्ता समिति गठन गरी विद्यालय भवन निर्माणको कार्य अगाडी बढाएको थियो । तर उपभोक्ता नामका लागि मात्र भए, काम भने ठेकदारमार्फत भइरहेको थियो ।
४० लाखको उपभोक्ता समितिका अध्यक्ष मो. रफिक र ३५ लाखको उपभोक्ता समितिका अध्यक्ष बेचन साहलाई बनाइएको भएपनि काम भने ठेकेदारले नै गरेको हो ।
उपभोक्ता समितिमा काम गर्नुपर्दा श्रमदान गर्नुपर्ने प्रावधान छ । उपभोक्ता समितिले शून्य श्रमदान गरेको छ । बनाइएको भवनमा चिरा पर्न थालेपछि स्थानीयहरुले नयाँ भवन बनाउन पनि माग गरेको छ ।
विद्यालयमा पढन जाने सयौं बालबालिकाहरुसँग कुनै प्रकारको दुर्घटनाको जोखिम लिन नसकिने बताउँदै एक स्थानीयले सो भवन मजबुत बलियो नबनाए आन्दोलित हुने पनि चेतावनी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…