जनकपुरः बसले ठक्कर दिदाँ एक जनाको मृत्यू
झा बिहीबकार बिहान पौने १० बजेको समयमा ज ८ प ९०६५ नम्बरको मोटरसाइकल चलाएर पिपरा तर्फ फर्किरहेको बेला जनकपुर तर्फ आउँदै गरेको ना ८ ख ७२०३ नम्बरको बसले ठक्कर दिएको थियो ।

२०७८ बैशाख १० शुक्रबार, बिहान ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जलेश्वरबाट जनकपुर आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
महोत्तरी पिपरा गाउँपालिका ५ हर्दिया बस्ने बर्ष २७ का सुजित कुमार झाको उपचारको क्रममा विहिबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
झा बिहीबार बिहान पौने १० बजेको समयमा ज ८ प ९०६५ नम्बरको मोटरसाइकल चलाएर पिपरा तर्फ फर्किरहेको बेला जनकपुर तर्फ आउँदै गरेको ना ८ ख ७२०३ नम्बरको बसले ठक्कर दिएको थियो ।
सोहि बसले बीआर ३२ वाई ५३३१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिँदै घिसार्दै गइरहेको बेला झाको मोटरसाईकल र प्रदेश २–०३–००६ प २३१ नम्बरको स्कुटीमा ठक्कर दिएको थियो ।
दुर्घटनामा झासहित चारजना घाइते भएका थिए । स्कुटी चालक जनकपुरधाम उपमहानगरपालिका १ बस्ने बर्ष ३५ की गंगा कुमारी सिहं, भारतीय नम्बर प्लेट मोटरसाइकल चादक भारत मधुबनी बिहार कमलाबाढी महरैया बस्ने बर्ष ३० का गणेश सहनी र उनकै मोटरसाइकलमा सवार बर्ष ३२ का रामनारायण सहनी घाइते भएका छन् ।
मोटरसाइकल चालक सहनीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर पठाइएको छ भने अन्य र्दुइजना घाइतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरी। जलेश्वरबाट जनकपुर आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
महोत्तरी पिपरा गाउँपालिका ५ हर्दिया बस्ने बर्ष २७ का सुजित कुमार झाको उपचारको क्रममा अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
झा बिहीबकार बिहान पौने १० बजेको समयमा ज ८ प ९०६५ नम्बरको मोटरसाइकल चलाएर पिपरा तर्फ फर्किरहेको बेला जनकपुर तर्फ आउँदै गरेको ना ८ ख ७२०३ नम्बरको बसले ठक्कर दिएको थियो ।
सोहि बसले बीआर ३२ वाई ५३३१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिँदै घिसार्दै गइरहेको बेला झाको मोटरसाईकल र प्रदेश २–०३–००६ प २३१ नम्बरको स्कुटीमा ठक्कर दिएको थियो ।
दुर्घटनामा झासहित चारजना घाइते भएका थिए । स्कुटी चालक जनकपुरधाम उपमहानगरपालिका १ बस्ने बर्ष ३५ की गंगा कुमारी सिहं, भारतीय नम्बर प्लेट मोटरसाइकल चादक भारत मधुबनी बिहार कमलाबाढी महरैया बस्ने बर्ष ३० का गणेश सहनी र उनकै मोटरसाइकलमा सवार बर्ष ३२ का रामनारायण सहनी घाइते भएका छन् ।
मोटरसाइकल चालक सहनीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर पठाइएको छ भने अन्य र्दुइजना घाइतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…