२४ घण्टे परिक्रमालाई बजरँगजको स्वागत
विनय कुमार यादव || जनकपुरधाम, १७ फागुन । मिथिलाको माध्यमिकी परिक्रमाको २४ घण्टे यात्रीलाई धनुषाको नौसय बिघामा स्वागत गरिएको छ । १५ दिने परिक्रममा मात्र २४ घण्टामै यात्रा तय गर्ने परिक्रमा यात्रीलाई स्थानीय बजरँज युवा क्लबले भव्य स्वागत गरेका थिए । बजरँग युवा क्लबका अध्यक्ष राम पुकार यादव बाबा को नेत

२०७४ फागुन १७ बिहीबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, १७ फागुन । मिथिलाको माध्यमिकी परिक्रमाको २४ घण्टे यात्रीलाई धनुषाको नौसय बिघामा स्वागत गरिएको छ ।
१५ दिने परिक्रममा मात्र २४ घण्टामै यात्रा तय गर्ने परिक्रमा यात्रीलाई स्थानीय बजरँज युवा क्लबले भव्य स्वागत गरेका थिए ।
बजरँग युवा क्लबका अध्यक्ष राम पुकार यादव बाबा को नेतृत्वमा खटिएको एक टोलीले २४ घण्टे परिक्रमा यात्रीलाई खाद्यान्न वितरण सहित गरम पानीले खुटटा पखाल्ने, लठठी प्रदान सहित औषधी उपचारको समेत व्यवस्था गरिएको जनाइएको छ ।
उनीहरुलाई दुध खुवाएर २४ घण्टे परिक्रमाको लागि पठाउने गरिएको हो ।
श्रद्धालुहरुले नेपाल र भारतको परिक्रमा १५ दिनमा तय गर्ने गरिन्छ भने यो परिक्रमा मात्र २४ घण्टामा तय गर्नुपर्ने हुन्छ ।
२४ घण्टामा त्यतिको दुरी तय गर्न नसकेपछि असफल हुने भनेर मान्यता छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…