आमाको श्राद्धका लागि घर आएका गायक सदा पनि रहेनन्
केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए ।

२०७८ बैशाख ७ मंगलबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको मृत्यू भएको छ । सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको सोमबार साँझ निधन भएको हो । लामो समयदेखि सामाजिक तथा सङ्गीत क्षेत्रमा क्रियाशील सदाको मृत्यु भएको छ ।
पछिल्लो तीन÷चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदाको मृत्यु भएको मृतकका जेठान अरुण सदाले जानकारी दिए ।
अचानक बेहोस भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लाने क्रममा लहान पुग्दानपुग्दै उनको बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् ।
उनी सेभ द चिल्ड्रन नामक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको काठमाडौँ कार्यालयमा बसेर काम गर्दै आएका थिए ।
केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए ।
उनीसँगै उनकी श्रीमती शान्ति सदा पनि सङ्गीत क्षेत्रमा सक्रिय रहेकी थिइन् । सदा दम्पतीका दर्जन बढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैँले अभिनय गरेको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…