राजनीति लीला

जसपाबाट मन्त्री बनेको केही घण्टामै चारै मन्त्री निलम्बनमा !

मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री  रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।

२०७८ बैशाख ६ सोमबार
रति ८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टी (जसपा) ले पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् 
 
प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सोमबार अपरान्ह सपथ गराएका थिए । एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा गएको हो । 

त्यसको केही घण्टामै जनता समाजवादी पार्टीको लुम्बनी प्रदेश समितिले चारै जनालाई २४ घण्टे स्पष्टिकरण सहित पदबाट फिर्ता हुन निर्देशन दिएको हो । चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि यादवले  चेतावनी दिएका छन् । 

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

आज नियुक्त भएका मन्त्रीहरूमा सामाजिक विकास मन्त्रालयको जिम्मा कल्पना पाण्डेय, कृषि मन्त्रालयको जिम्मा विजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री भूमि व्यवस्था, पूर्वाधारमा सन्तोष पाण्डे छन् रहेका छन् । सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री  रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ बैशाख ६ सोमबार

Bureau Menus