चिठ्ठा परेको भन्दै डेढ करोड ठगी गर्ने छोराको बुवा पक्राउ

सोही उजुरीको आधारमा चौरसियाको खोजी गर्ने क्रममा प्रहरीले चौरसियाका बुबालाई शनिवार बिहान ११ बजेतिर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

२०७८ बैशाख ५ आइतबार
बिहान ०८:१० बजे
प्रतिकात्म तस्विर मात्र, साँकेतिक प्रयोजनको लागि प्रयोग

न्यूज ब्यूरो, वीरगँज । चिट्ठा परेको भन्दै ठगी गरेको आरोप लागेका व्यक्ति फरार भएपछि पर्सा प्रहरीले निजका बुबालाई पक्राउ गरेको छ । 

एसएमएस मार्फत २५ लाख चिट्ठा परेको भन्दै खातामा पैँसा पठाउन लगाएर लगभग डेढ करोड रुपैया ठगि गरेको आरोप लागेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी राज चौरसिया फरार भएपछि निजका बुबा उदयनारायण चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले पक्राउ गरेको हो ।

एक जना महिलालाई २५ लाख रुपैयाँ चिट्ठा परेको हुँदा आई एम ई मार्फत चिट्ठा परेको रकम प्राप्त गर्न पैसा पठाउन भनेपछि महिलाले आफ्नी आमाको गहना बेचेर ७० हजार रुपैया पठाएको खुलेको छ । 

रकम पठाएपछि सम्पर्कबिहिन भएका राजविरुद्ध ति महिलासहित अन्य ४ जनाले उजुरी दर्ता गराएका छन् । सोही उजुरीको आधारमा चौरसियाको खोजी गर्ने क्रममा प्रहरीले चौरसियाका बुबालाई शनिवार बिहान ११ बजेतिर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर प्रादेशिक अस्पतालमा कोभिड विरामीको मृत्यूपछि कर्मचारीमाथि हातपात, भेन्टिलेटर तोडफोड 

  • २०७८ बैशाख ५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिडको महामारीमा सँजीवनको रुपमा आश्रय दिदै आएको जनकपुरको प्रादेशिक अस्पतालमा एक कोरोना विरामीको मृत्यू भएपछि तोडफोड गरिएको छ ।  प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालमा मँगलबार (आज) साँझ

पूरा पढ्नुहोस्

Bureau Menus