पत्रकार महासँघको भवन निर्माणको लागि १ लाख २१ हजार सहयोग
अलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ-आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिए ।

२०७८ बैशाख १ बुधबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन निर्माणको लागि पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाध्यक्ष बख्तियार अलीले १ लाख २१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
महासंघ सर्लाही शाखाले आज९बुधबार०हरिवन नगरपालिका स्थित कैलाशपुरीमा आयोजना गरेको नयाँ वर्ष वि।स २०७८ सालको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टंक क्षेत्रीलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
उक्त रकम जिल्ला समन्वय समिति सर्लाहीले प्रदान गरेको मलंगवा नगरपालिका वडा नं. १० स्थित निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माणकार्यमा खर्च गरिने अध्यक्ष क्षेत्रीले बताए ।
संघसँग आफ्नो स्थापना कालदेखिनै कार्यालय संचालन गर्न एउटा छुट्टै भवनको अभाव रहेको अवस्थामा आफु कार्यसमितिमा रहँदा जिल्ला समन्वय समिति सँग निर्माणाधीन अवस्थामा रहेको भवन संघको लागि माग गरेको र अब आफु पदमा नरहे पनि उक्त भवनको निर्माणकार्य पूरा भएर कार्यालय संचालन भएको देख्न चाहेकोले सहयोग स्वरुप सो रकम वर्तमान अध्यक्ष मार्फत महासंघलाई प्रदान गरेको पुर्व उपाध्यक्ष अलीले बताए।
अलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ-आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…