लाईसेन्सको कुरा

जनकपुरमा स्थगित भएको लाईसेन्सको परीक्षा पुनः खुलेपछि सेवाग्राहीको चाप बढयो 

जनकपुरमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा देखि लिएर मकवानपुर, सिन्धुलीसम्मको सेवाग्राहीहरु सेवा लिन आउने गरेको छ । 

२०७८ बैशाख १ बुधबार
बेलुकी ५:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात कार्यालय जनकपुरमा बन्द गरिएको लाईसेन्सको परीक्षा पुनः खोलिएदेखि सेवाग्राहीको चाप बढदै गएको छ । 

केही दिन अघि यातायात कार्यालय जनकपुरमा अख्तियारले छापामारी गरेपछि बन्द गरिएको लाईसेन्सको परीक्षा पुनः खुलेपछि सेवाग्राहीको अधिक चाप बढेको हो । 

दैनिक रुपमा मोटरसाईकल, जीप, कार, ट्रयाक्टरको नयाँ लाईसेन्सको लागि दिइने कोटा कहिले खाली नजाने गरेको यातायात कार्यालय जनकपुरका शाखा अधिकृत पवन पँजीयारले बताए । 

उनले भने, “अख्तियारको छापाको बेला बन्द गरिएको लाईसेन्सको परीक्षा त्यसको एक हप्तापछि नै खोलियो । जनकपुरमा अहिले पनि विभिन्न ठाउँबाट सेवाग्राहीहरु आउँदा सेवाग्राहीको चाप अधिक छ ।”

उनले विगत भन्दा अहिले कोरोनाले भएपनि सेवाग्राहीको चाप कम भएपनि चाप भने अधिक नै रहेको बताए । “केही महिना अघिको तुलनामा त सेवाग्राही कमै आउँछन्, तैपनि चाप भने कम भएको छैनन् ।”

यातायात व्यवस्था विभाग जनकपुरका कार्यालयका निमित्त प्रमुख बीरेन्द्र साहले गत माघ १४ गते एक सूचना जारी गर्दै माघ १४ देखि १६ गतेसम्म लिइने भनिएको परीक्षाहरु अर्को सूचना नआएसम्मको लागि लाईसेन्सको परीक्षा स्थगित भएको बताएको थियो । 

अनिश्चितकालको लागि लाईसेन्सको परीक्षा बन्द गरिएको भनेर सुचना जारी गरेपछि सेवाग्राहीहरु अन्यौलमा परेका थिए । त्यसको एक सातादेखि पुनः सबै सँचालनमा आएको बताइएको छ । 

जनकपुरमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा देखि लिएर मकवानपुर, सिन्धुलीसम्मको सेवाग्राहीहरु सेवा लिन आउने गरेको छ । 

  • 0%
  • 0%
  • 67%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ बैशाख १ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus