जनकपुरमा दुई मन्त्री सहित ३ राज्यमन्त्री सपथ लिँदै
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । प्रदेश नं. २ को मन्त्रीमण्डल आज पुनः विस्तार हुँदैछ । विहान ११ बजेपछि भनिएको विस्तारित मन्त्रीमण्डलमा समायित मन्त्रीहरुले सपथ लिने भएको छ । विस्तारित मन्त्रीमण्डलमा ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह कृषि, योगेन्द्र यादव राज्यमन्त्री कृषि,

२०७४ फागुन १६ बुधबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ फागुन । प्रदेश नं. २ को मन्त्रीमण्डल आज पुनः विस्तार हुँदैछ ।
विहान ११ बजेपछि भनिएको विस्तारित मन्त्रीमण्डलमा समायित मन्त्रीहरुले सपथ लिने भएको छ ।
विस्तारित मन्त्रीमण्डलमा ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह कृषि, योगेन्द्र यादव राज्यमन्त्री कृषि, उषा कुमारी यादव राज्यमन्त्री अर्थ र सरोज कुमार सिँह कुशवाहा राज्यमन्त्री आन्तरिक मामिलाको लागि पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने जनाइएको छ ।
यसअघि मुख्यमन्त्रीले राज्यमन्त्रीहरुलाई ८ बजे त्यसपछि ९ बजे र अहिले ११ बजेपछि मात्र सपथ ग्रहणको व्यवस्था मिलाइएको जनाइएको छ ।
हालाकी त्यो जानकारी भने मुख्यमन्त्री कार्यालयबाट मौखिक जानकारी मात्र प्राप्त भएको श्रोतले जनाएको छ ।
मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ ग्रहणपछि नै मुख्यमन्त्री आफनो गृहजिल्ला जाने भएको छ ।
विहान ११ बजे मुख्यमन्त्रीको बाहिर जाने कार्यक्रम भएपनि सपथ ग्रहण गराएरै बाहिर जाने जनाइएको छ ।
आज सपथ ग्रहण गर्ने मन्त्री तथा राज्यमन्त्रीहरु संघीय समाजवादी फोरमबाट हुन भने राजपाबाट मन्त्रीहरुको लागि सुचि आइनसकोको कारण ५ जना मन्त्रीहरुको सपथ गराइने भनेर जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…