नेपाल रेल्वे सँचालनको लागि भारतीय टिम नेपाल आउँदै
यसअघि नेपाल रेल्वे कम्पनीले माग गरेको कर्मचारी आवेदनमा उठाएको रकम समेत अब फिर्ता गरिने जनाइएको छ । रेल्वेको लागि ३६ हजार बढी आवेदन परेको थियो ।

२०७७ चैत २८ शनिबार, बिहान ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महिनौंदेखि थन्किएर राखिएको नेपाल रेल्वे Nepal Railway सँचालनको लागि अन्ततः पनि भारतीय टिम नेपाल आउने भएको छ ।
नेपाल रेल्वे कम्पनिले रेल संचालन, मरम्मत, तथा संचालन प्रोटोकल निर्माण र नेपाली जनशक्तिलाइ तालिम दिन भारतिय सरकारी रेल्वे कम्पनि कोनकण रेल्वेसंग सम्झौता भएको रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले जनाएका छन्।
उनले आफ्नो फेसबुकमा लेख्दै अबको केही दिनमा भारतिय टिम नेपाल आउनेछ र संचालनको लागी आवश्यक तयारी गरी छिटै संचालन गर्ने जनाएका छन् ।
“धेरै एक्सरसाइज पस्चात हामी यहाँसम्म आएका हौ र अब केही दिनपछि हामी उद्घाटन गर्नेगरी लागेका छौ । चिन्ता दर्साउने सबैलाइ धन्यबाद ।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

मुलुकमा नभएको प्रबिधि, जनशक्ति, अनुभव सारा जोरजाम गर्न सजिलो नरहेको भन्दै उनले शून्यबाट सँस्था निर्माण गर्नु मजाक नरहेको उनले लेखेका छन् । “तर हामी लक्ष्यमा पुग्छौ, दुइमत छैन ।”
महिनौदेखि नेपाल–भारतको सीमास्थित रहेको इनर्बा हल्टमा रेल्वे त्रिपालले छोपिएर राखिएको छ । कैयौं बर्षदेखि रेल्वे सँचालनमा आउने आस लगाएपनि कुशल कर्मचारी र कुशल व्यवस्थापनको अभावमा रेल्वे सँचालन हुन सकेको छैनन् ।
यसअघि नेपाल रेल्वे कम्पनीले माग गरेको कर्मचारी आवेदनमा उठाएको रकम समेत अब फिर्ता गरिने जनाइएको छ । रेल्वेको लागि ३६ हजार बढी आवेदन परेको थियो ।
सस्तो लोकप्रियता बटुल्न र राजनीतिक प्रभाव जमाउन पनि नेपाल रेल्वे Nepal Railway का महाप्रबन्धक गुरु भट्टराईले पूर्वयोजना बिना नै हत्तारमा निर्णयहरु गरी रेल्वेलाई बन्दी बनाएर राखेका छन् । यसै कारण उनको चौतर्फी आलोचना समेत भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…