‘फटाह फणिन्द्रे’ र ‘लाल मोहन जी’ फिल्ममा संगीत भर्दै जनकपुरका सन्तोष राज

२०७७ चैत २७ शुक्रबार
रति ९:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली चलचित्र (फिल्म) फिल्म ‘फटाह फणिन्द्रे’ र लाल मोहन जी लगायतको फिल्ममा जनकपुरका सँतोषराज सहनीले सँगीत भर्ने भएको छ । 

केही वर्ष अगाडिको चर्चित फिल्म 'तोरी लाहुरे' र ‘नेप्टे ’का चर्चित संगीतकार सन्तोष राज साहनीले यस चलचित्रामा संगीत गर्न लागेका हुन् । 

निर्माता अरुण खड्काले फिल्मको मुख्य भुमिकाका लागि कर्मासँगै अभिनेत्री छुल्ठिमडि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरिसकेको छ । सो फिल्महरुमा तराई मधेश मूलबाट सँतोष राजले सँगित भर्ने भएपछि चौतर्फी चर्चा छ । 

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मका अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाँकन रहनेछ ।

सन्तोष राज साहनीको संगीत, उतक केसीको कथा ,फिल्ममा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

यस्तै अर्को नेपाली फिल्म ‘लाल मोहन जी’ मा पनि चर्चित संगीतकार सन्तोष राज साहनीले सँगीत भर्ने भएको हो । 

विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भूमिका रहने फिल्मका लागि एक हेरोइन भने चयन हुन बाँकी छ ।

प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राज साहनीको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

भोजपुरी, मैथिली फिल्म सहित दर्जनौ एल्बममा आफ्नो म्यूजिक भरेका सँतोष राज सहनीको नेपाली फिल्म ईन्ड्रस्टीजसँग लगाव बढदै गएको छ । उनले नेपाली फिल्म जगतमा आफ्नो पहिचान स्थापित गर्न सुरु गरेका छन् । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७७ चैत २७ शुक्रबार

Bureau Menus