जामिया अलफारुक अल ईस्लामियाद्धारा जनकपुरमा वार्षिक साँस्कृति प्रतियोगिता
जामिया अलफारुक अल ईस्लामिया एकेडेमी जनकपुरधामद्वारा आयोजित वार्षिक संस्कृति प्रतियोगिता बालबालिकाहरुलाई धर्म, सँस्कृति सहित अन्य क्रियाकलापलाई आधार बनाएर प्रतियोगिता गराएको हो ।

२०७७ चैत २७ शुक्रबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम समुदायहरुको बालबालिकाहरुलाई आफ्नो सँस्कृति सम्बन्धी प्रतियोगिता गराइएको छ ।
विहिबार जनकपुरमा आयोजना गरिएको सो बार्षिक साँस्कृतिक कार्यक्रममा मुस्लिम समुदायका बालबालिकाहरुलाई आफ्नो साँस्कृति उपर विभिन्न प्रकारको क्रियाकलापहरु गराइएको थियो ।
जामिया अलफारुक अल ईस्लामिया एकेडेमी जनकपुरधामद्वारा आयोजित वार्षिक संस्कृति प्रतियोगिता बालबालिकाहरुलाई धर्म, सँस्कृति सहित अन्य क्रियाकलापलाई आधार बनाएर प्रतियोगिता गराएको हो ।
जनकपुरधाम उपमहानगरपालिका का मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा सम्पनन भएको सो वार्षिक साँस्कृति प्रतियोगिता अन्तर्गत प्रथम, दोस्रो तथा तेस्रो हुने बालबालिबाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् सहकारी बिज्ञ संजय कुमार साहको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा एकेडमीका कर्मचारी, शिक्षक सहित विभिन्न ठाउँबाट आएका अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।
सो कार्यक्रममा देश विदेशमा मौलानाहरुको उपस्थिति सहित जनता समाजवादी पार्टीका धनुषा जिल्ला सचिव मनोज कुमार साह, समाजसेवी किरण मण्डल ,मुस्लिम समुदायको बिज्ञ हासिम राईन ,युवा अभियानी रजनिश साह सहित बिभिन बिशिस्ट अतिथीहरु उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
मकसदे हयात दोहा कतार नामक सँस्थाको आयोजनामा सो एकेडमीमा कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…