पत्रकार महासँघ धनुषाको भोँट जारी, गैर–पत्रकारहरु पनि भोँट खसाल्दै
रामअशिष यादव नेतृत्वको पत्रकार महासँघ धनुषा शाखापछि नेतृत्वप्रति निरन्तर प्रश्नचिन्ह उठदै आएको छ ।

२०७७ चैत २५ बुधबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषा शाखा FNJ Dhanusha को मतदान प्रक्रिया अहिले पनि जारी रहेको छ । केही बेरमै मतदान Election सम्पन्न हुने जनाइएको छ ।
जानकारी अनुसार अहिलेसम्म १ सय ६२ मत खसेको छ । नेपाल पत्रकार महासँघ धनुषा शाखामा कूल १ सय ७४ जना भोँटर (मतदाता) रहेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सँघको सभाहलमा जारी मतदानमा पत्रकार सहित गैर–पत्रकारहरुले समेत भोँट खसालेका छन् । मतदाता १ सय ७४ जनाको नाम सूचिमा अधिकाँश मतदाता गैर पत्रकारको सूचिमा रहेका छन् ।
रामअशिष यादव नेतृत्वको पत्रकार महासँघ धनुषा शाखापछि नेतृत्वप्रति निरन्तर प्रश्नचिन्ह उठदै आएको छ । यसपाली पनि विभिन्न राजनीतिक पार्टीका पत्रकारहरुले उम्मेदवारी दिएका हुन् ।
पत्रकार महासँघ धनुषा शाखा FNJ Dhanusha को लागि नित्यानन्द मण्डल र श्रीप्रसाद साह बाहेक सबै दलगत पत्रकारहरुले उम्मेदवारी दिएका छन् भने मतदाताहरु पनि दलगत रहेका छन् ।
आजै रातीदेखि मतगणना हुने जानकारी प्राप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…