जातीय भावना अन्त्यको लागि कम्यूनिष्ट कहिल्यै थाकेनन् : नेता बरबरिया
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले ल्याएको देशमा परिवर्तन एक इतिहास बनेको बताउँदै वास्वमा वाईसिएलको सँगठन वडा वडासम्म विस्तारको आजको आवश्कयता रहेको बताए ।

२०७७ चैत २४ मंगलबार, राति ९:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य नेता श्रवण कुमार बरबरिया (यादव) ले कम्यूनिष्ट जहिले पनि जातीय विभेद विरुद्ध लडेको बताएका छन् ।
मँगलबार पार्टीका जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरियाले विभिन्न देशमा कम्यूनिष्टले जातीय छुवाछुत अन्त्यको लागि कदम अग्रसर गरेको बताए । उनले कम्यूनिष्टको नीतिले जातीय विभेद हटाउने, जातीय भावनाभन्दा माथि उठाउने रहेको बताए ।
देशको वर्तमान राजनीतिक अस्थिरतामा पनि कम्यूनिष्टका नेता तथा कार्यकर्ताहरुले देखाएको बहादुरी र इमान्दारिताप्रति कदर गर्दै उनले सबैले अहिलेको अवस्थामा हातमा हात मिलाएर अगाडी बढनुको विकल्प नरहेको बताए ।
नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला सचिव दीपक यादव विशिष्ट अतिथिको आसनबाट बोल्दै कम्यूनिष्टको जनभावनाले देशमा ठुलो परिवर्तन आएको बताए । उनले अन्य देशहरुमा पनि कम्यूनिष्टकै नेतृत्वमा आमूल परिवर्तन आएको बताए ।
सो क्रममा नेकपा माओवादी केन्द्रको भातृ सँगठन वाईसिएलका केन्द्रीय सदस्य अनिल कुमार पासवानले वर्तमान समाजमा अहिले पनि जातीय भेदभाव, जातीय छुवाछुत कायमै रहेको बताउँदै यसको लागि अझै सँघर्षको आवश्यकता औल्याए ।
उनले कम्यूनिष्टले दिएको पाठबाट आएको आमूल परिवर्तनमा पनि अझै केही कसर बाँकी रहेको बताउँदै त्यसलाई पनि निरुत्साहित गर्नको लागि हातमा हात मिलाएर बढनु आजको आवश्कयता रहेको बताए । उनले वडा वडासम्म वाईसिएलको कमिटि निर्माण गनुपर्नेप्रति जोड दिए ।
मँगलबार पार्टीको शहिदनगर नगरपालिका क्षेत्र नं. २ धनुषाद्धारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वाईसिएलका जिल्ला अध्यक्ष एवम् युवा नेता सरोज यादवले पार्टीको निर्देशन अनुसार वाइसिएल आफ्नो भूमिका सदैव निर्वाह गरेको बताए ।
उनले प्रत्येक स्थानीय तहको वडासम्मको कमिटि निर्माण् गरेर वाईसिएलको सँगठन अझ विस्तारको कार्यलाई तीव्रता दिनुपर्ने धारणा राखे ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य एव्म धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले पार्टी सँचालनको वर्तमान अवस्था बारे धारणा राखे ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले ल्याएको देशमा परिवर्तन एक इतिहास बनेको बताउँदै वास्वमा वाईसिएलको सँगठन वडा वडासम्म विस्तारको आजको आवश्कयता रहेको बताए ।
धनुषाको प्रत्येक स्थानीय तहमा वाईसिएलले आफ्नो सक्रियता बढाउनुपर्ने कथन उनको थियो । कार्यक्रममा जिल्लास्तरीय नेता, नगरस्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…