नेपाल राष्ट्र बैँककी निर्देशक पक्राउ
उजुरीविरुद्ध रिजालले सर्वोच्चमा रिट दिएकी थिइन् । तर, सर्वोच्चले उनको रिट खारेज गरिदिएको छ ।

२०७७ चैत २३ सोमबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाललाई प्रहरीले पक्राउ गरेको छ । किर्ते गरी बुबाआमाको सम्पत्ति हडपेको अभियोगमा प्रहरीले रिजाललाई आइतबार पक्राउ गरेको हो ।
जेष्ठ नागरिक ऐन २०६३ को व्यवस्था अनुसार किर्ते गरी सम्पत्ति हडपेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
रिजाल राष्ट्र बैंकमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत छन् । प्रहरीले उनलाई दरबारमार्गस्थित राष्ट्र बैंककै कार्यालयबाट पक्राउ गरेको हो ।
८५ वर्षकी रेग्मीकी आमाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रेग्मीले बुबाआमा पाल्ने भन्दै उनीहरुको ३ करोड रुपैयाँ बराबरको सम्पत्ति लिएको तर सम्पत्ति लिएपछि नपालेको भन्दै उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीविरुद्ध रिजालले सर्वोच्चमा रिट दिएकी थिइन् । तर, सर्वोच्चले उनको रिट खारेज गरिदिएको छ ।
‘रिजालविरुद्ध धेरैअघि उजुरी परेको थियो । पारिवारिक विषय भएकाले आमालाई हेर्नुपर्छ भनेर प्रहरीले काउन्सेलिङ पनि गर्यो,’ एसएसपी सिंहले भने, ‘तर, अहिले मुद्दा दर्ता भइसकेकाले प्रक्राउ गरिएको हो ।’ उनीविरूद्ध थप अनुसन्धान गर्न प्रहरीले थप दुई दिन हिरासतमा राख्न अनुमति पाइसकेको उनले बताए । कान्तीपुरमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…