मधेसमा होली शुक्रवार की शनिवार ? अन्यौल !
फागुन १८ गते शुक्रवार अन्तरगृही परिक्रमा

२०७४ फागुन १४ सोमबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १४ फागुन । नेपाली पात्रो अनुसार प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइने होली पर्व यसपाली तराई मधेसमा शनिवार मनाइने भएको छ ।
नेपाली पात्रो अनुसार शुक्रवार फागुन १८ गतेको लागि तराई होली भनेर अँकित गरिएको भएपनि मिथिलाको महाकुभ्म मानिने १५ दिने माध्यमिकी परिक्रमाको कारण होली १८ गते वा १९ गते मनाउने भने अन्यौल भएको छ ।
परिक्रमा सुरु भएको दिनदेखि १४ औँ दिन जनकपुर पुगेपछि १५ औँ दिन अन्तरगृही परिक्रमा गरी होली पर्व मनाउने प्रचलन छ ।
यसपाली गत फागुन ३ गतेदेखि सुरु भएको माध्यमिकी परिक्रममा १७ गते फागुनको भारतको विशौलबाट जनकपुर प्रस्थान गर्नेछन् भने विहिबार जनकपुरमै विश्राम गरी शुक्रवार विहान पँचकोशी अर्थात अन्तरगृहीपरिक्रमा गर्नेछन् ।
यस अनुसार फागुन १८ गते शुक्रवार अन्तरगृही परिक्रमा परेपछि शनिवार विधिवत रुपमा होली पर्व मनाउने प्रचलन छ ।
होलीका दहन भने विहिबार राती नै गरिनेछ भने होली शनिवार मनाइने तिथी मिलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…