जनकपुरका पत्रकारहरुको उम्मेदवारी घोषणा, कुन पत्रकार कुन पार्टीको ? जान्नुहोस् ।
नेपाल पत्रकार महासँघ धनुषा शाखाको नयाँ नेतृत्व चयनको लागि चैत्त २५ गते हुने चुनावको लागि आईतबार उम्मेदवारी दर्ता गरिएको हो ।

२०७७ चैत २२ आइतबार, दिउँसो ४:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २५ गते हुन लागेको पत्रकार महासँघको निर्वाचनको क्रममा धनुषा जिल्ला शाखाको लागि आज उम्मेदवारी घोषणा सहित दर्ता गरिएको छ ।
नेपाल पत्रकार महासँघ धनुषा शाखाको नयाँ नेतृत्व चयनको लागि चैत्त २५ गते हुने चुनावको लागि आईतबार उम्मेदवारी दर्ता गरिएको हो ।
विभिन्न मुख्य पदहरुका लागि उम्मेदवारी दर्ता गराएका पत्रकारहरुमध्ये २ जना मात्र स्वतन्त्र उम्मेदवारी दिएका छन् भने बाँकी विभिन्न राजनीतिक पार्टीका भातृ सँगठनका पत्रकारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
आईतबार गरिएको उम्मेदवारी दर्ताको क्रममा अध्यक्ष पदकै लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा नित्यानन्द मण्डल र श्रीनारायण साह स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
दुई जना बाहेक मनिका झा नेकपा माओवादी केन्द्र (प्रचण्ड पक्षधर) को भातृ सँगठन प्रेस सँगठनबाट उम्मेदवारी दिएकी हुन् भने पुरन गुप्ता जनता समाजवादी पार्टी (जसपा) को भातृ सँगठन प्रेस मँचबाट उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष पदकै लागि राजन सिँह नेपाली काँग्रेसको भातृ सँगठन प्रेस युनियनबाट उम्मेदवारी दिएका छन् भने धर्मेन्द्र झा र अर्जुन क्षेत्री नेकपा एमाले (केपी ओली पक्षधर) को भातृ सँगठन प्रेस चौतारीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष पदका ७ जना उम्मेदवारहरु
महासँघको नयाँ नेतृत्वको लागि हुने चुनावमा उपाध्यक्ष पदको लागि जसपाको भातृ सँगठन प्रेस मँचबाट सँजीव कुमार झाले उम्मेदवारी दिएका हुन् भने बब्लु चौधरी नेपाली काँग्रेसको प्रेस युनियनबाट तथा अबधेश कामत एमालेको प्रेस चौतारीबाट उम्मेदवारी दिएका हुन् ।
सचिवको लागि बटुकनाथ झाले जनता समाजवादी पार्टी (जसपा) को प्रेस मँचबाट उम्मेदवारी दर्ता गराएका छन् भने अकुल प्रसाद साह नेपाली काँग्रेसको प्रेस युनियनबाट दर्ता गराएका हुन् । सोही क्रममा सुभाष कर्णले मधेशी पत्रकार समाज सँगठनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
कोषाध्यक्ष पदको लागि रामकमल सिँह (राजकमल) पनि जसपाको प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् भने दीपक कुमार मिश्र माओवादी केन्द्रको प्रेस सँगठनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
विभिन्न राजनीतिक दलका भातृ सँगठन रहेको पत्रकारहरुको विभिन्न सँगठनबाट उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये केही उम्मेदवारहरुको नाम, उम्मेदवारी र निकटतम पार्टी (भातृ सँगठन) को विवरण यस प्रकार छन् ।
अध्यक्ष पदको लागि उम्मेदवार र पार्टी
मनिका झा– प्रेस सँगठन ( नेकपा माओवादी केन्द्र)
पुरन गुप्ता– प्रेस मँच (जसपा नेपाल)
राजन सिँह – प्रेस युनियन (नेपाली काँग्रेस)
नित्यानन्द मण्डल – स्वतन्त्र
श्रीनारायण साह– स्वतन्त्र
धमेन्द्र झा– प्रेस चौतारी (नेकपा एमाले)
अर्जुन क्षेत्री– प्रेस चौतारी (नेकपा एमाले)
उपाध्यक्षको लागि उम्मेदवार र पार्टी
सँजीव कुमार झा–प्रेस मँच (जनता समाजवादी पार्टी)
बब्लु चौधरी, प्रेस युनियन (नेपाली काँग्रेस)
अवधेश कामत– प्रेस चौतारी ( नेकपा एमाले)
सचिवको लागि उम्मेदवार र पार्टी
बटुकनाथ झा, प्रेस मँच (जनता समाजवादी पार्टी)
अकुल प्रसाद साह, प्रेस युनियन (नेपाली काँग्रेस)
सुभाष कर्ण, मधेशी पत्रकार समाज (मधेशवादी दल निकट मानिएको)
कोषाध्यक्ष पदको उम्मेदवार र पार्टी
रामकमल सिँह, प्रेस मँच (जनता समाजवादी पार्टी)
दिपक कुमार मिश्रा, प्रेस सँगठन (नेकपा माओवादी केन्द्र)
अन्य उम्मेदवारहरुको नामाबली, उम्मेदवारीबारे थप अपडेट बाँकी छ ....

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…