धनुषा शहिदनगरको विद्यालयहरु बन्द नहुने
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वातावरण प्रतिकुलतालाई मध्यनजर गर्दै आगामी शुक्रबारसम्म विद्यालयहरु बन्दको लागि सूचना जारी गरेको हो ।

२०७७ चैत १७ मंगलबार, बिहान ११:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभरिको शैक्षिक सँस्थानहरु बन्द नहुने सूचना जारी गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाले एक सूचना जारी गर्दै नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रदुषणको कारण देखाउँदै ४ दिनसम्म विद्यालय बन्दको सूचना गरेपनि शहिदनगर नगरपालिका भित्रको विद्यालयहरु सँचालन मै रहने जनाइएको छ ।
नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) र प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवको सँयुक्त हस्ताक्षरित सूचनामा विद्यालयहरु पूर्ववतः सँचालनमै रहने जनाइएको छ ।
काठमान्डौं लगायत केही जिल्लाहरु वायुप्रदुषणले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने भन्दै विद्यालय कलेज बन्द गरेपनि शहिदनगर नगरपालिकाभित्र वातावरणीय असहज अवस्था नरहेको भन्दै विद्यालय बन्द नहुने बताइएको छ ।
केन्द्र सरकारको सूचना वायु प्रदुषण र वातावरणीय असहज भएको ठाउँमा बन्द गरिएपनि धनुषामा शहिदनगर नगरपालिकाभित्रको विद्यालयहरु निर्वाध सँचालनमै राख्न मातहतका विद्यालयहरुलाई परिपत्र समेत गरेको हो ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वातावरण प्रतिकुलतालाई मध्यनजर गर्दै आगामी शुक्रबारसम्म विद्यालयहरु बन्दको लागि सूचना जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…