चन्दनगर होली महोत्सव सम्पन्न, पश्चिमी संस्कृतिको प्रभावले मौलिकता हराउँदै
परम्परागत होलिको पुर्नस्थापनाको लागि सर्लाहीको बबगन्जमा आयोजना गरिएकोे मौलिक होलि महोत्सव पहिला स्थानिय स्रतमा कहिल्यै नभएको स्थानियवासी एक बृद्व राजेन्द्र महतोले बताए ।

२०७७ चैत १७ मंगलबार, बिहान ८:४३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । आधुनिकतासंगै लोपन्मुख अवस्थामा पुगेको तराई मधेसको धरोहरको रुपमा रहेको मौलिक होलिलाई पुर्नस्थापना गर्नका लागि सर्लाहीको बबरगन्जमा चन्द्रनगर मौलिक होली महोत्सव सम्पन्न भएको छ ।
तराई मधेसमा लोप हुदै गईरहेको परम्परागत मौलिक होलिको संरक्षण सम्बद्र्वन गर्ने उदेश्यले सर्लाहीको बबरगन्जमा प्रदेश २ प्रमुख राजेश झाको प्रमुख आतिथ्यता र सुवंश महतोको अध्यक्षतामा चन्द्रनगर मौलिक होलि महोत्सव सम्पन्न भएको छ ।
नेपालको तराई मधेस लगायत दक्षिण एसियाकै मिलनको पर्वको रुपमा रहेको होलि पर्व गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभाव, पाश्चात्य ढंगका रितिरिवाज, संस्कृतीले नेपाली मौलिक संस्कृती होली पर्वको परम्परागत महत्व, रौनकता र मौलिकता नै हराउदै गएको भोर नेपालको संस्थापक अध्यक्ष राजकुमार महतोले दुखेसो पोखे ।
होली पर्वमा बाहिरी संस्कृतिको प्रभावले होलिको मौलिकता हराउदै जानुको साथै समाजमा होलि मनाउने क्रममा तडक भडक गर्दा समाजमा विकृति, विसंगति र असमाजिक गतिविधि बढदै गएको छ , अर्कोतर्फ अर्काको देखासिकी र खर्चिलो बन्दै गएको छ ।

तराई–मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ’जोगिरा सररर’ पछिल्लो समय लोप हुँदै गएको छ । यो मौलिक गीत तराईका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो । तर, आधुनिक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ, फागु आउन १५ दिनअघिदेख तराई–मधेशमा गुञ्जिने फागु विशेष गीत अहिले सुनिन छाडेका छन् । यससँगै होलीको रौनक पनि खस्कँदो छ ।
हाम्रो सांस्कृति र संस्कारलाई संरक्षण गरी पुर्खाहरुले श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म मृदङ्ग, हारमोनियम र डम्फूका तालमा तराईका बस्ती÷बस्तीमा गाइने जोगिरा गित, घरघरमा पुगि खेलिने होलिलाई नयाँ पुस्ताले हेर्न पाओस भने उदेश्यले चन्द्रनगर होलिको आयोजना गरिएको महतोले बताए ।
चन्द्रनगर मौलिक होलि महोत्सवमा सम्बोधन गर्दै हिन्दुहरुको महान पर्व होली पर्वलाई खुशीयाली र पारस्परिक मित्रता पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउने पर्वको रुपमा मनाउने गरेको प्रदेश प्रमुख राजेश झाले बताए ।
सालभरी मनमा भएको दुःख तकलिफ, कुण्ठा, परेशानि, रिषराग र शत्रुता सबैलाई बिर्सेर एक आर्कालाई रंग अबिर लगाएर मन मिलन गरिने होलि पर्व एकताको प्रतिककोे रुपमा रहेको प्रमुख अतिथि प्रदेश २ प्रमुख राजेश झाले बताए ।
आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव, होली पर्वमा कृत्रिमता, आडम्बरीपन को कारण मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहंकारपन देखिन थालेको दलित अधिकारकर्मी पच्चु माफी मुसहरले बताए ।
परम्परागत होलिको पुर्नस्थापनाको लागि सर्लाहीको बबगन्जमा आयोजना गरिएकोे मौलिक होलि महोत्सव पहिला स्थानिय स्रतमा कहिल्यै नभएको स्थानियवासी एक बृद्व राजेन्द्र महतोले बताए ।
होलि महोत्सवको प्रतियोगितामा पालिकाभरीका ७ वटै वडाका १४ वटा होलिया टोलिले सहभागिता जनाएको थियो । सहभागि भएका टोलिमा मौलिक गायन होलि प्रदर्शन गर्ने उत्कृष्ट ३ टोलिलाई प्रदेश २ प्रमुखद्वारा पुरस्कार वितरण गरिएको छ ।
प्रथम स्थान प्राप्त गर्ने चन्द्रनगर वडा नं. २ बबरगंजलाई लाउडस्पीकर, इमलिफायर, माइकसहितको बाजा सेट, दित्तीय स्थान हासिल गर्ने वडा नं. ३ कोरियाही टोल लाई ढोलक र तेश्रो स्थान हासिल गर्ने वडा नं. ७ नाढीमन तथा वडा नं. ५ पोखरीयाका संयुक्त टोलीलाई डम्फ वितरण गरिएको छ, भने तिनवटै विजेता टोलिलाई प्रमाणपत्र र सबै सहभागी टोलिहरुलाई प्रंशसापत्र वितरण गरिएको आयोजकले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…