देशमा विकासको लहर चलेको छ : महासेठ
देशकै ठुलो पक्की पुल महेन्द्रनगरमा निर्माणाधिन अवस्थाको रहेको बताउँदै उनले रेल्वे चलाउने तयारीमा समेत वर्तमान सरकार रहेको दाबी गरे ।

२०७७ चैत १६ सोमबार, बिहान ९:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्व मन्त्री रघुवीर महासेठले देशमा विकासको लहर चलेको जीकिर गरेका छन् ।
आईतबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरबजारस्थित आयोजना गरिएको होली मिलन समारोहमा बोल्दै नेता महासेठले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताए ।
अहिले देशमा विकासको लहर चलेको बताउँदै उनले आफनो निर्वाचन क्षेत्रमा चुनावको बेलामा धुलो उडि रहेको भएपनि आफु मन्त्रि भएपछि आफनो निर्वाचन क्षेत्रमा सडक, बाटो बनाउन प्राथमिकतामा राखेपछि हाल सडकहरु कालोपत्रे समेत भएको जीकिर गरे ।
देशकै ठुलो पक्की पुल महेन्द्रनगरमा निर्माणाधिन अवस्थाको रहेको बताउँदै उनले रेल्वे चलाउने तयारीमा समेत वर्तमान सरकार रहेको दाबी गरे ।
“देशकै नमुना सडक ढल्केवरदेखि भारत सिमा नाकासम्म जोडिएको छ । अवको आउने ५ वर्षमा आपनो निर्वाचन क्षेत्रमा ७ वटा उद्योग स्थापना गराउन पहल गर्दै आएको छु।’–उनले भने ।
पूर्वमन्त्रि महासेठ वर्तमान सरकार नागरिकता विरोधी भनेर प्रचार गरिएपनि देशभर अंगिकृत नागरिकताधारीका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने गरि सरकारले निर्णय गरेको बताए ।
उनले भने अव कोही पनि नागरिकताविहिन नहोस् भनेर वर्तमान सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अंगिकृतका छोराछोरीलाई वंशको आधारमा नागरिकता दिन परिपत्र गरेको बताए ।
कार्यक्रममा महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रि जुलीकुमारी महतोले आफनो सरकार देश र जनताको हितमा विकास निमार्ण देखि अन्य गतिविधीमा चिन्तनशिल रहेको बताएकी छिन् ।
उनले वर्तमान सरकारले जेठ १५ गते हुने बजेट भाषणमै विधवा नारीलाई विधवा भत्ता, ज्येष्ठ नागरिकलाई ३ हजार दिदै आएको भत्ता बढाएर ५ हजार वा ४ हजार गर्ने बताए ।
उनले भनिन् कुनै पनि अनाथ, असहाय तथा गरिव, विपन्न परिवारका बालबच्चा छ भने हामीलाई सम्झनुहोस हामीले उहाँहरुको शिक्षा, स्वास्थ्य लगायतको सवालमा राज्यले उत्तरदायित्व निर्वाह गर्नेछ ।
होली मिलन समारोहमा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, उपप्रमुख तारा लामा बस्नेत, एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, नेता महेन्द्र यादव, संजय साह, असर्फी भिन्वारलगायतका हजारौको संख्यामा नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।
होली मिनल समारोहको आयोजन तथा व्यवस्थापन जय माँ काली कन्ट्रक्सन प्रालीका संचालक महेन्द्रनगरका युवा व्यवसायी अनिल चौधरीले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…