प्रदेश २ः मोटरसाईकल ग्यारेजबाट चोरीको पार्टपूर्जा सहित दुई जना पक्राउ
प्रहरीका अनुसार, पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएकोले उनीहरुलाई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको हो ।

२०७७ चैत १४ शनिबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को वीरगँज स्थित एक ग्यारेजबाट चोरीको मोटरसाईकलको पार्टपूर्जा सहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार करिब २ः३० बजेको समयमा वीरगँज महानगरपालिका वडा नम्बर ३० स्थित बगहीदेखि परवानीपुर जाने बाटोमा रहेको अमेरिका सहनीको मोटरसाईकल ग्यारेजलबाट चोरीको पार्टपूर्जाहरु बरामद गरेको हो ।
सो ग्यारेजमा शँकाको आधारमा चेकजाँच गर्दा मोटरसाईकलको चोरीको पार्टपूजा भेटिएपछि सोही आरोपमा अनुसन्धानको लागि दुई जनालाई पक्राउ समेत गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगँज महानगरपालिका वडा नम्बर ३० बस्ने स्थानीय बर्ष २२ को महमद नुरएउल्लाह देवान र सोही ठाउँ बस्ने बर्ष २८ को राजेश सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएकोले उनीहरुलाई चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…