प्रदेश २ः आधी जलेको अवस्थामा एक युवतिको लास फेला !
युवतिको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

२०७७ चैत १२ बिहीबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ मा एक आधी जलेको अवस्थामा एक युवति मृत अवस्थामा फेला परेको छ ।
प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित एक युवतीको आधी शरिर जलेको अवस्थामा फेला परेको हो । विहिबार दिउँसो युवति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको यमुनामाई गाउपालिका वडा नम्बर ५ झुनखुनुवा देखि पूर्व–दक्षिण राजदेवी नगरपालिकाको वडा नम्बर १ मोतीपुर टोलदेखि पश्चिम तथा राजपुर नगरपालिका वडा नम्बर १ पिपरा टोलदेखि पूर्व चौर लास फेला परेको हो ।
चौरमा रहेको सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४ बर्षीय युवतिको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
युवतिको नाम, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेकाले शबको सनाखत हुन नसकेको र पहिचान गर्ने सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय रौतहटको मोबाईल नम्बर ९८५५०४०९९९ वा १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराउन समेत डिएसपी श्रेष्ठले आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…