धनुषाको सबैला नगरपालिकामा फेरी तालाबन्दी
नगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।

२०७७ चैत ११ बुधबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ । विभिन्न समयमा तालाबन्दी हुँदै आएको सो नगरपालिकामा बुधबार फेरी पनि तालाबन्दी गरिएको हो ।
सबैला नगरपालिकाका १३ वटै वडाका वडाध्यक्ष, उपमेयर र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
नगर प्रमुख विजय शँकर प्रसाद साहले कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुलाई बायकट गरी एकलौटी ढँगले कार्य सँचालन गर्न खोजेको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ को नगर सभा गरेपनि हालसम्म योजना बुक उपलब्ध नगराएको, योजनाहरु विनियोजन भएपनि योजना सँचालन गर्न कार्यदेश नदिएको , शिक्षा समितिमा एकलौटी गरेको भन्दै तालाबन्दी गरिएको हो ।
वडा नम्बर १ देखि वडा नम्बर १३ सम्मका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा हस्ताक्षर गरी नगरपालिकामा तालाबन्दी गर्ने निर्णय अनुरुप तालाबन्दी गरेको हो ।
नगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…