रेल्वे स्टेशनको निर्माणमा २ नम्बरको ईंट प्रयोग
न्यूज ब्यूरो || जनकपुरधाम, १२ फागुन । तीव्र रुपमा निर्माण भइरहेको रेल्वेको कार्यालय भवन निर्माण तथा स्टेशन निर्माण कार्यमा २ नम्बरको ईंट प्रयोग भइरहेको छ । जनकपुर जयनगर(वर्दिबास ब्रोडगेज रेलमार्गको काम तिव्रता पाए पनि निर्माण कम्पनीहरुले कमसल निर्माण सामग्रीहरुको प्रयोग गरिरहेका छन। रेल सञ्चालन हुनु

२०७४ फागुन १२ शनिबार, दिउँसो १२:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १२ फागुन ।
तीव्र रुपमा निर्माण भइरहेको रेल्वेको कार्यालय भवन निर्माण तथा स्टेशन निर्माण कार्यमा २ नम्बरको ईंट प्रयोग भइरहेको छ ।
जनकपुर जयनगर(वर्दिबास ब्रोडगेज रेलमार्गको काम तिव्रता पाए पनि निर्माण कम्पनीहरुले कमसल निर्माण सामग्रीहरुको प्रयोग गरिरहेका छन।
रेल सञ्चालन हुनु अगावै इँटमा नुनि लागेर विग्रीन थालेको पनि रेल विभागको कामको अनुगमनमा देखिए पनि अहिलेसम्म अनुगमन गर्न सकिएको छैनन् ।
आगामी वर्षको कात्र्तिक महिनासम्म काम पूरा गर्ने उदेश्यका साथ १८ करोड भारतीय रुपैयाँमा जनकपुरको कुर्थामा रेल्वे स्टेसनको निर्माण कार्य भैरहेको छ।
भारतको त्रिशूल निर्माण कम्पनी रेल्वे स्टेसन कर्मचारीहरुको आवास, गोदाम ,प्लेटफर्म लगाइतको निर्माण कार्यमा कम्सल ईटको प्रयोग गरेको छ।
यश ब्रोडगेज रेलमार्गमा कुलकुले माटोको काम संतोषजनक रहे पनि भवन र प्लेटफर्म निर्माणको काम गुणस्तरीय हिन भैरहेको प्राविधिक र स्थानीयहरुको आरोप रहेका छन।
काम गराउने जिम्मेवारी पाएको भारत सरकारको कन्सलटेन्सी इरकोन इनटर्नेस्नलले सम्झौता अनुसार नै काम भैरहेको दावी गरेपनी रेल सञ्चालन गर्नु अगावै नै प्लेटफर्म र भवनमा जडान गरिएका इउटा फुसगुसि झर्न थालेको छ।
स्थानीय वासीको आग्रह र विरोधको कुनै वास्ता नगरी कम्सल ईटाको प्रयोग भैरहदा समेत स्थानीय प्रसारण रेल विभागले कुनै चासो देखाएका छैनन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…