विभिन्न पार्टीका २२ पत्रकारहरु जसपा पार्टीको पत्रकार सँगठनमा प्रवेश
यता, प्रेस सँगठन धनुषाका सँयोजक शैलेन्द्र क्रान्तीले प्रेस सँगठनबाट कोही पनि प्रवेश नगरेको बताएका छन् । उनले फेसबुकमा लेख्दै कोही पनि प्रेस सँगठन छाडेर नगएको र भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।

२०७७ चैत १० मंगलबार, बेलुकी ७:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न राजनीतिक पार्टीको भातृ सँगठन नजिकका पत्रकारहरु जनता समाजवादी पार्टी नेपालको भातृ सँगठन प्रेस मँच नेपालमा प्रवेश गरेका छन् ।
नेपाल प्रत्रकार महासंघका सम्पुर्ण सदस्यहरु, केन्द्रिय सदस्यहरु तथा जिल्ला सदस्यहरुको उपस्थिति मंगलवार विहान विभिन्न संगठनका पत्रकारहरु प्रेस मञ्च नेपालमा प्रवेश गरेका हुन।
नेपाल पत्रकार महासँघ धनुषा शाखाका सदस्य एवम् प्रेस मँचका जिल्ला अध्यक्ष अर्जुन मण्डलको अध्यक्षता तथा प्रेस मँचका केन्द्रीय उपाध्यक्ष विन्दकिशोर साहको प्रमुख आतिथ्यमा भएको ती प्रवेश कार्यक्रममा पेशाकर्मी पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनको पूर्व सँध्यामा मँगलबार महासंघ धनुषा शाखाका सचिव पुरन साह सहित २२ जना प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् ।
सो क्रममा नेपाल पत्रकार महासँघ धनुषा शाखाका सचिव एवम् प्रेस चौतारी (एमालेको केपी ओली गुट) का पुरन साह सहित करिब दुई दर्जन पत्रकारहरु जसपाको पत्रकार सँगठनमा प्रवेश गरेका छन् ।
प्रेस मञ्च प्रदेश नम्बर २ का कार्यबाहक अध्यक्ष सुरेश यादवको विशेष उपस्थितिमा नेपाली काँग्रेसको पत्रकार सँगठन प्रेस युनियन, नेकपा माओवादी केन्द्रको पत्रकार सँगठन (प्रचण्ड गुट) को प्रेस सँगठन र नेकपा एमाले पार्टीको पत्रकार सँगठन प्रेस चौतारीबाट पत्रकारहरु जसपा पार्टीको पत्रकार सँगठनमा शरण लिएका हुन् ।

आगामी चैत्त २५ गते हुने नेपाल पत्रकार महासँघको चुनावको सरगर्मी चढेलगत्तै राजनीतिक दलका कार्यकर्ताहरु जस्तै प्रवेश गर्न थालेका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावको मिति तय भए लगत्तै प्रेस युनियन, प्रेस चौतारी र प्रेस संगठन परित्याग गरी प्रेस मञ्चमा प्रवेश गरेको प्रेस मँच नेपालका उपाध्यक्ष बिन्द किशोर साहले जनाए ।
उनका अनुसार आज प्रेस मँचमा प्रवेश गरेको मध्ये माला राय प्रेस युनियनको नजिक थिइन भने सँजीव साह प्रेस चौतारीसँग नजिक थिए । यद्यपी उनीहरुको अधिकारिक सदस्यता भएको नभएको बारे स्पष्ट छैनन् ।
यसका साथै, सप्तरीमा वरिष्ठ पत्रकारहरु महासंघका वर्तमान केन्द्रीय सदस्य अवधेश झा, वर्तमान प्रदेश सचिव आर एन विश्वास लगायत दस जनाले मञ्चमा प्रवेश गरेको दुई दिन नबित्दै मंगलबार जनकपुरमा महासंघका सचिव समेत २२ जना पत्रकारले मञ्चमा विधिवत प्रवेश गरेको दाबी गरिएको छ ।
यता, प्रेस सँगठन धनुषाका सँयोजक शैलेन्द्र क्रान्तीले प्रेस सँगठनबाट कोही पनि प्रवेश नगरेको बताएका छन् । उनले फेसबुकमा लेख्दै कोही पनि प्रेस सँगठन छाडेर नगएको र भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
सोही क्रममा प्रेस युनियनका राजन सिँहले समेत फेसबुक टिप्पणी मार्फत प्रेस युनियनबाट कोही कतै प्रवेश नगरेको दाबी गरेका छन् । उनले प्रवेश गरेको पत्रकारको नाम उल्लेख गर्न पनि आग्रह गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…