सप्तरीमा डुबेर बालिकाको मृत्यु
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७७ चैत ९ सोमबार, राति ९:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…