अब महोत्तरीमै आयुर्वेद पद्धतीको उपचार हुने
केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाए ।

२०७७ चैत ९ सोमबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, महोत्तरी । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।
आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गरेसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो ।
गौशाला बजारस्थित गौशाला नगरपालिकाको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो ।
केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताए ।
“ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्”, पूर्वमन्त्री पोखरेलले भने, “विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।”
आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…