सनराईज युथ सिरहाद्धारा महिलालाई प्याड बनाउने तालिम

तालिमको क्रममा विभिन्न ठाउँबाट सहभागी गराइएकी महिलाहरुलाई महिनावारी हुँदा पुनः प्रयोग गर्ने मिल्ने प्याड बनाउन इलम सिकाएको जनाइएको छ ।

२०७७ चैत ८ आइतबार
बिहान ०८:३५ बजे

न्यूज ब्यूरो, सिरहा । “स्वस्थ्य महिला, स्वस्थ्य परिवार, स्वास्थ्य समाज” मूल नारा का साथ सनराइज युथ सिराहा सञ्जालद्वारा महिनावारी सरसफाइ तथा पुन प्रयोग प्याड बनाउने तालिम दिइएको छ । 

महिनावारीको समय मा प्रयोग गर्ने बजारमा विभिन्न कम्पनीका सिनेटरी प्याड उपलब्ध भएपनि सबैको पहुँचमा आर्थिक दृष्टिकोणले नहुने गरेको भन्दै घरमै प्याड बनाउने तालिम दिएको हो । 

गाउँस्तरमा अधिकांश ठाउँमा पसलमा समेत प्याड नै नपाउने तथा कम्जोर आर्थिक अवस्थाका कारण कतिपयले उपभोग गर्न नसक्ने अवस्थाका कारण महिनाबारीको समयमा गन्दा कपडा प्रयोगले सँक्रमणको जोखिम हुने गरेको भन्दै प्याड बनाउने तालिम दिइएको हो । 

“कपडा प्रयोग गर्दा समस्या मात्र हुँदैन संक्रमण को जोखिम पनि हुन्छ । यसैलाई ध्यानमा राख्दै “स्वस्थ्य महिला, स्वस्थ्य परिवार, स्वस्थ्य समाज” मूल नाराको साथ “महिनावारी सरसफाइ तथा पुन प्रयोग प्रयोग प्याड बनाउने तालिम”  दिएको हो ।

तालिमको क्रममा विभिन्न ठाउँबाट सहभागी गराइएकी महिलाहरुलाई महिनावारी हुँदा पुनः प्रयोग गर्ने मिल्ने प्याड बनाउन इलम सिकाएको जनाइएको छ । 

“बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याड लाई पुनः प्रयोग गर्न सकिन्छ । यो तालिम लिएपछि सुई,धागो , टाक, कैची, भएपछि घरकै  कपडाले बनाउन सकिन्छ । कपडा को प्याड बनाउन सहज र कम खर्चिलो पनि हुन्छ र साथै कसैको मदत बिना पनि यो प्याड बनाउन सकिन्छ।”– सँजालले जनाएको छ । 

उक्त तालिम मिर्चैया नगरपालिका वडा नम्बर ११ सनिगढवा गाउँको दलित बस्तीमा आयोजना गरिएको थियो । सँजालको आयोजनामा “मधेशी युवा एकता समाज सेवा” को सहयोग र प्याडबैंकको प्रविधिक सहयोगले सम्पन्न भएको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर प्रादेशिक अस्पतालमा कोभिड विरामीको मृत्यूपछि कर्मचारीमाथि हातपात, भेन्टिलेटर तोडफोड 

  • २०७७ चैत ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिडको महामारीमा सँजीवनको रुपमा आश्रय दिदै आएको जनकपुरको प्रादेशिक अस्पतालमा एक कोरोना विरामीको मृत्यू भएपछि तोडफोड गरिएको छ ।  प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालमा मँगलबार (आज) साँझ

पूरा पढ्नुहोस्

Bureau Menus