सिरहाको सुखीपुर नगरपालिकामा बालबालिकालाई अझै दिएन खाजा
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिका भित्रको समुदायिक विद्यालयहरुमा अझै बालबालिकाहरुलाई खाजा दिएको छैनन् । केही दिन अगाडी स्थानीय अगुवाहरुले समुदायिक विद्यालयमा सरकारको तर्फबाट आउने बालबालिकाहरुको खाजाको सन्दर्भमा स्थानीय अधिकारीलाई जानकारी गराएपनि कुनै प्रगति हुन सकेको छैनन् । सुख

२०७७ चैत ७ शनिबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिका भित्रको समुदायिक विद्यालयहरुमा अझै बालबालिकाहरुलाई खाजा दिएको छैनन् ।
केही दिन अगाडी स्थानीय अगुवाहरुले समुदायिक विद्यालयमा सरकारको तर्फबाट आउने बालबालिकाहरुको खाजाको सन्दर्भमा स्थानीय अधिकारीलाई जानकारी गराएपनि कुनै प्रगति हुन सकेको छैनन् ।
सुखिपुर नगरपालिका भित्र रहेको विद्यालयहरुमा बालबालिकाको लागि आउने खाजा यथाशिघ्र उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेपनि स्थानीय सरकारले आज अझै उपलब्ध गराएको छैन ।
सोही सन्दर्भमा पुनः ध्यानाकर्षणको लागि स्थानीय बुद्धिजीवी, नागरिक समाज, अगुवा, अभिभावकहरुले सुखिपुर नगरपालिकाको नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएको हो ।
नगर प्रमुखलाई आग्रह र सचेत गराउनुका साथै उल्लेखनिय मागहरु यथाशीघ्र पुरा नगरे आउने दिनहरूमा यसबाट हुन जाने कुनै घटनाको जिम्मेवारी स्वयँ नगर प्रमुख हुने चेतावनी समेत दिएको कानुनका विद्यार्थी गुमस्ता कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…