मिथिला विहारीमा छात्रालाई सनेटरी प्याड
कार्यक्रममा नगरउप्रमुख अनिता साह, शिक्षा शाखा प्रमुख सिमा झा, विद्यालयका प्रधानध्यापक लालबाबू यादव लगायतको सहभागीता रहेको थियो ।

२०७७ चैत ३ मंगलबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एउटापालिकामा ४ महिना सम्म पुग्ने गरि सनेटरी प्याड वितरण गरिएको छ।
मिथिला बिहारी नगरपालिकास्थित माध्यमिक मिथिलेश्वर मौवाहीका करिब ५ सय छात्रालाई सनेटरी प्याड नगरपालिकाबाट वितरण गरिएको हो ।
वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण कुमार बसन्तको अध्यक्षता तथा नगरप्रमुख अनिल यादवको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो ।
वडाअध्यक्ष बसन्तले जीवन अनेकै किसिमिको समस्या आए पनि स्वास्थ्य सबभन्दा अनमोल रहेको भन्दै छात्राहरुलाई महिनाबारीको समयमा हुन सक्ने सँभावित सँक्रमणबाट जोगाउन सेनेटरी प्याड वितरण गरिएको बताए ।
सो क्रममा नगर प्रमुख अनिल कुमार यादवले करिब ४ महिना सम्म पुग्ने गरी सनेटरी प्याड छ्नौट गरि नगरभरिका छात्राहरुलाई विद्यालय मार्फत वितरण गरिएको बताए ।
नगरमा छोरी वर्गलाई प्राथमिकता राखी विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै उनले विभिन्न समयमा सनेटरी प्याड नभएका छात्राहरुलाई समस्याहरुलाई मध्य नजर गरी सेनेटरी प्याड वितरण गरिएको बताए ।
कार्यक्रममा नगरउप्रमुख अनिता साह, शिक्षा शाखा प्रमुख सिमा झा, विद्यालयका प्रधानध्यापक लालबाबू यादव लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…