राजनीतिकसंविधानको व्यवस्थामै त्रुटी छः यादव
‘संविधानमा त्रुटिकै कारण कोशी प्रदेशमा सरकार गठनमा समस्या सिर्जना भएको छ ’उनले भने, सरकार गठनसम्बन्धी ५ चरणसम्मको व्यवस्था राख्नु नै त्रुटि हो । ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना सामान्य हुन्’ अध्यक्ष यादवले भने, संसदीय व्यवस्थामा दुई तिहाई नजिक भएका दलहरु पनि धरासायी भए । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– हाम्रो सिस्टममै दोष छ । ‘ हालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ उनले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ ।
३ वर्ष अगाडि · राजनीतिक












