छठमा दुई दिन सार्वजनिक बिदा, देउवा सरकारपछि दोस्रोपटक यस्तो निर्णय
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।

२०८३ कार्तिक २७ शुक्रबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले यस वर्ष छठ पर्वको अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आइतबारसँगै सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो ।
यसअघि छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइसकिएको थियो । तर, छठ पर्वको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परालाई मध्यनजर गर्दै सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार यस निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
नेपालमा संघीय सरकारले छठ पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास यसअघि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । त्यसपछि यस वर्ष पुनः संघीय सरकारले छठमा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…