हर्ट अटैक, किडनी फेलको समस्या बढयो, कोरोना खोप र औषधिको असरबारे छानबिन गरौँः पूर्वमन्त्री यादव
यद्यपि, हृदयाघात, मिर्गौला फेललगायत रोगबाट हुने मृत्यु र कोरोना खोपबीच प्रत्यक्ष सम्बन्ध रहेको वैज्ञानिक रूपमा पुष्टि भएको छैन । यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको यादवको माग छ ।

२०८३ मंसिर ३ बिहीबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीका बेला प्रयोग गरिएका औषधि तथा खोपको गुणस्तर र दीर्घकालीन असरबारे वैज्ञानिक अनुसन्धान गर्न मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले सरकारसँग माग गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले पछिल्लो समय देशका विभिन्न जिल्लामा हृदयाघात, मिर्गौला फेललगायत गम्भीर रोगका कारण कम उमेरमै मानिसहरूको मृत्यु भइरहेका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले कोरोना महामारीका बेला प्रयोग गरिएका औषधि तथा खोपको दीर्घकालीन असरबारे विभिन्न प्रश्न उठिरहेको भन्दै त्यसको वैज्ञानिक आधारमा अनुसन्धान र छानबिन गर्नुपर्ने बताएका छन् ।
जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार मौन बस्न नहुने उल्लेख गर्दै यादवले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
उनले खोप तथा औषधिको गुणस्तर र सम्भावित दीर्घकालीन असरबारे सत्यतथ्य सार्वजनिक गरी आवश्यक कारबाही अघि बढाउन सरकारसँग जोडदार माग गरेका छन् ।
यद्यपि, हृदयाघात, मिर्गौला फेललगायत रोगबाट हुने मृत्यु र कोरोना खोपबीच प्रत्यक्ष सम्बन्ध रहेको वैज्ञानिक रूपमा पुष्टि भएको छैन । यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको यादवको माग छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…