जनकपुरको राजदेवीमा १५ हजारको हाराहारीमा बोकाबली, सँख्यात्मक हिसाबले गत बर्षभन्दा कम
१५ हजारको हाराहारीमा बोकाबली भएको छ । यद्यपी, सँख्यात्मक हिसाबले १२ कम बोकाबली भएको हो ।

२०८३ कार्तिक २ सोमबार, बिहान ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । जनकपुरधामको शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली गत बर्षभन्दा पनि कम बोकाबली भएको छ ।
आयोजकले दाबी गर्दै आएको १५ हजारको हाराहारीमै बोकाबली भएपनि सँख्यात्मक तथ्याँक अनुसार गत बर्षभन्दा केही कम भएको हो ।
२०८२ मा १४ हजार ९०३ बोकाबली भएकोमा यसपाली भने १४ हजार ८९१ बोकाबली भएको हो । १५ हजारको हाराहारीमा बोकाबली भएको छ । यद्यपी, सँख्यात्मक हिसाबले १२ कम बोकाबली भएको हो ।
यद्यपी, केही बोकाबली बिना रसिदको आधारमा समेत भएकोले १५ हजारभन्दा अधिक बोकाबली भएको दाबी गरिएको छ । जानकारी अनुसार, १५ हजार ५६ वटा बोकाबली भएको हो ।
राजदेवी मन्दिरमा बोकाबलीको तथ्यांक
वर्ष | बलिको संख्या |
२०६५ | ११,१३४ |
२०६६ | १३,७१० |
२०६७ | १३,५५२ |
२०६८ | १२,५६१ |
२०६९ | १४,७५४ |
२०७० | १४,७२१ |
२०७१ | १५,४६१ |
२०७२ | १३,८०२ |
२०७३ | १४,६२७ |
२०७४ | १२,४४७ |
२०७५ | १४,९९७ |
२०७६ | १४,६३३ |
२०७७ | ११,३५६ |
२०७८ | १४,९४२ |
२०८० | १५,२८१ |
२०८१ | १४,३६६ |
२०८२ | १४,९०३ |
२०८३ | १४,८९१ |
नोट: उपलब्ध तथ्यांकमा २०७९ सालको विवरण समावेश छैन।
राजदेवीमा मनोकामना पूर्ण हुने श्रद्धालुहरुले भाकल स्वरुप बोका चढाउने गरेका छन् । आयोजक महावीर युवा कमिटिले यसको व्यवस्थापन गर्दै आएको छ ।
राजदेवीमा बोकाबली आईतबार बेलुकी ८ः३१ बजेदेखि सुरु भई सोमबार बिहान ३ः५३ बजेसम्म चलेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…