धनुषाको महेन्द्रनगरमा राजनीतिज्ञको टिम विजयी, व्यवसायीको टिम पराजित
क्लबका अध्यक्ष हरि कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुदमार्फत आपसी सद्भाव, मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
२०८३ कार्तिक ७ शनिबार, राति ९:०९ बजे१ मिनेट पढाइ

धनुषा, महेन्द्रनगर । बडादसैँ, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा धनुषाको महेन्द्रनगरमा आयोजित राजनीतिज्ञ र व्यवसायीबीचको मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा राजनीतिज्ञ नेकपा एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरीको टिमले जित हासिल गरेको छ।
‘खेलकुदले जोड्छ, मित्रता र एकता’ भन्ने नारासहित आयोजना गरिएको उक्त मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ नेकपा एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरीको कप्तानीमा रहेको टिम र व्यवसायी सञ्जय साहको कप्तानीमा रहेको टिमबीच प्रतिस्पर्धा भएको थियो। खेलमा नेकपा एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरी नेतृत्वको राजनीतिज्ञको टिम विजयी बनेको हो।
क्लबका अध्यक्ष हरि कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुदमार्फत आपसी सद्भाव, मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
प्रतियोगिताले राजनीतिज्ञ, व्यवसायी तथा स्थानीयवासीबीच आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। यस्ता खेलकुद गतिविधिले स्थानीयस्तरमा खेलप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा राजनीतिकर्मी, नगरवासी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी सहायक निरीक्षक (सई) लगायत स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…