प्रदेश २ः सिरहाको लहान मालपोत कार्यालयमा बम विस्फोट, कैयौं जना घाईते !
सो घटनामा १ जनाको अवस्था चिन्ताजक, १ जनाको अवस्था मध्यम र बाँकी ४ जनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

२०७७ चैत १ आइतबार, दिउँसो १:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाको लहानस्थित रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।
लहान स्थित रहेको भुूमिसुधार तथा मालपोत कार्यालयभित्र ठुलो आवाज आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । “ठुलो आवाज सुनिएको छ, केही जना घाईते पनि भएको छ ।”– प्रहरीले भने ।
आज दिउँसो करिब १ बजेको समयमा लहान मालापोत कार्यालयभित्रै बम विस्फोट हुँदा ६ जना घाईते भएको सेवाग्राहीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सो घटनामा १ जनाको अवस्था चिन्ताजक, १ जनाको अवस्था मध्यम र बाँकी ४ जनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
सिरहाका प्रमुख प्रहरी प्रमुखका अनुसार, बम नै विस्फोट भएको बारे अहिले विस्तृत आउन सकेको छैनन, तर कार्यालयभित्रै ठुलो आवाजमा विस्फोट भएको र मान्छेहरु घाईते भएको बताएका छन् ।
यसको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…